चारदिन देखि हिरासतमा रहेकी सुशिला रिहा I

तेल अभिव (इज़रायल) बैशख १०,

नारीदर्पण : तेल अभिव नजिक ओरयहूदामा कार्यरत सुशिला बोगटी थापा लाइ गत आइतबार आफ्नै इम्प्लोयेरलाइ नुहाइदिने क्रममा लड्न पुग्दा  हेलचेक्राइ गरेको भन्दै ती इम्प्ल्लोयेरका छोरी ले नेपाली चेली सुशिलालाइ तत्काल प्रहरी बोलाइ हिरासतमा लिएका थिए । 

सोमबार इज़रायाली पर्व पेसाख परेकोले यो घटना बाहिर आउने केहि ढिला भएको थियो । मंगलबार यस बारे प्रहरी अनुसन्धान अगाडी बढी बुधबार सुशीलालाई  बयानका लागि अदालतमा उपस्थित गराएको थियो ।  बयान पछि उनि निर्दोष  देखिएकोले   अदालतले प्रहरीको सम्पर्कमा रहने गरि रिहा गरेको हो भन्ने जानकारी  इज़रायल का लागि नेपाली राजदुतबासका उपनियोग प्रमुख श्री खड्ग प्रसाद दाहालले टेलिफोन सम्पर्कमा बताउनु भयो ।

सुशीलाले आफु अत्यन्त इमादारी पुर्वक उक्त घरमा कार्य गरेको र कुट्ने प्रयास कहिल्यै नगरेको  बरु तनाव सहनु परेको , आइतबार उन (सुशिला) ले केयर गर्ने इम्प्लोयेरलाइ नुहाइदिने क्रममा अचानक इम्प्लोयेर (बुढी मान्छे) लड्न पुगेकी थिइन भनि  निकै सम्झाउन प्रयास गर्दा पनि इम्प्लोयेरको  छोरीले सुन्नै चाहेनन् र तत्काल प्रहरी बोलाइ रिरासतमा लिए भनि स्वयम् सुशीलाको भनाइलाई उद्घृत गर्दै प्रमुख उपनियोग खड्ग प्रसाद दाहाल ले जानकारी दिनु भयो । सुशीलाको बयान पछि अब कानूनी तौरमा रही उनको इम्प्लोयेरको तर्फ बाट पनि अदालतले बयान लिने छ र त्यस अबधिभर प्रहरी सम्पर्कमा रहिरहन सुशीलालाइ अदालतले आदेश दिएको बताएकोछ । 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com