अपरिचित समुहले सासुको विभत्स हत्या बुहारी घाइते I

काठमान्डू बैसाख ३,

झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उहाँकी बुहारीलाई गम्भीर घाइते पारेको छ ।

चारपाने–६ बस्ने ७० वर्षीया वृद्धा तारा राजवंशीको घरमा मङ्गलबार बेलुकी आठ-दस जनाको समूह प्रवेश गरी उहाँमाथि धारिलो हतियारले प्रहार गरी हत्या गर्नुका साथै उहाँकी बुहारी मीनालाई हतियारले गम्भीर घाइते बनाएको छ ।

मीनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आशङ्कामा डाँगीबारी–१ बस्ने जोगेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि भद्रपुरस्थित मेची अञ्चलमा ल्याइएको छ । NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com