गजल : By, मानन्धर अभागी



गजल :

मान्छेले यहाँ गलत बनाउन खोज्दैछ 
वदनाम मै माथि किन गराउन खोज्दैछ 

कलम बोक्ने त्यो हातले यो अभागी माथि 
बोकेर हतियारहरू जुरमुराउन खोज्दैछ 

गर्ने बेलामा गरेछ सबै मिलेर शराद्ध 
पिण्डो दिइ सकेपछि वहुलाउन खोज्दैछ 

बाँचिरहने ठूलो आश बनायो जिउँदो लाश 
मलामीहरू जुटाएर उठाउन खोज्दैछ 

जसले हिजो खुसी दियो उसैले ज्यान लिंदैछ 
विराम के थियो मेरो ? किन जलाउन खोज्दैछ । 

 मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com