सोभियत नेता निकिता ख्रुश्चेभसँग जम्काभेटको कथा I

बिजय थापा : पछिल्लो समयमा रुसमा मात्र नभई विश्वभरि नै क्रिमिया, उक्राइना र रुसको चर्चा–परि चर्चा भइरहेको छ र यस परिप्रेक्ष्यमा बारम्बार ४३ वर्षअघि दिवंगत भइसकेका तत्कालीन सोभियत ने ता निकिता ख्रुश्चेभको पनि नाम लिइने गरिएको छ । 

यस वर्ष उनको १२०–सौं जन्मजयन्ती पने र् भएको हुनाले उनको व्यक्तित्वप्रति (खास गरी रुसमा) यसरी ध्यान आकर्षित भएको होइन, बरु उनले क्रिमिया प्रायःद्वीप नै रुसबाट उक्राइनालाई ‘उपहार’ दिएको सन्दर्भमा उनको नाम लिने गरिएको छ । निकिता ख्रुश्चेभकै पालामा सोभियत संघले विश्वमा सर्वप्रथम अन्तरिक्षमा कृत्रीम भूउपग्रह ‘स्तुतनिक मात्र उडाएको नभई सन् १९६१ को १२ अप्रिलका दिन प्रथम मानव (युरी गागारिन) को सफल अन्तरिक्ष उडान सम्पन्न गरेर अन्तरिक्षयुगको समेत सूत्रपात गरेको थियो । 

वास्तवमा भन्ने हो भने सन् १९५७ मा प्रक्षेपण गरिएको त्यही ‘स्पुतनिक’ ले मलाई रुससम्म तानेर ल्याएको हो ... विश्वव्यापी महत्वको यसै घटनाको झण्डै ३ वर्षपछि रुसी भाषासाहित्यको अध्ययनार्थ मास्को आइपुगेको हुँ र अन्तरिक्षमा सर्वप्रथम रुसी भाषा गुञ्जँदा म रुसकै राजधानीमा मास्कोको केन्द्रमा अचानक तत्कालीन सोभियत नेता निकिता ख्रुश्चेभसंग मेरो जम्काभे ट त्यस घटनाको केही वर्षपछि भएको थियो । 

अहिले राष्ट्रपति त के मन्त्रीलाई समेत बाटोमा एकाएक यसरी भेट्ने कुनै सम्भावना छैन । सोभियतकालका मास्कोमा ‘आतङ्कवादी’ भन्ने शब्द अहिलेजस्तो दिनहुँ सुनिंदैनथ्यो । त्यसैले अहिलेको जस्तो प्रत्यक्ष कडाइ पनि देखिंदैनथ्यो सोभियत नेता ख्रुश्चेभसंग मेरो जम्काभेटको घटना यसप्रकार छ ः मास्को क्रेमलिननजिकै बाटो वारपार गर्ने भूमिगत छेडो भर्खरै बनेको थियो । उता लालमैदानबाट मानेझ्नाया प्लो श्यादतिर जाने सडकको एकातिर रहेको तत्कालीन लेनिन संग्रहालयदेखि मास्को होटलको बगलमै मुन्तिर बटुवाहरुका लागि बाटो काट्नको निम्ति भर्खरै निर्मित लामो भूमिगत गल्छेडोको अखलो कन गर्दै निकिता ख्रुश्चेभ आप्mना अंगरक्षकहरु र अन्य पदाधिकारीहरुको साथमा आइरहेका थिए । 

त्यसैबेला म पनि आप्mनी नवविाहिता पत्नी इरिनाको साथमा त्यतिखेर गोर्कीको नामले विभूषित मास्कोको केन्द्रीय सडक वारपार गर्न भर्खरै बनेको भूमिगत गल्छेडोको अर्कोतिर बाहिर बाट सिंढीहरु ओर्लेर तल पुगें । उताबाट सोभियत नेता पनि हिंडेरै आइरहेको देख्दा हामी अकमक्क पर्दै ख्रुश्चेभकै अगिल्तिर टक्क अडियौंं । मेरी श्रीमतीके हातमा पूmलको गुच्छा देखेर अंगरक्षकहरुले पनि नवदम्पति रहेछन् भन्ने बुझेर रोकटोक गरेनन् । हामीले सोभियत नेतालाई ‘द्रास्तविते’ भनेर अभिवादन ग¥यौं र उनले पनि त्यही शब्द दोहो¥याएर हाम्र ो अभिवादन स्वीकार गरे । उनको वरिपरिका पदाधिकारीहरु पनि हामीलाई पुलुक्क हेर्दै एक छिन टक्क अडिए र हामी रमाउँदै बाटो पार गरी त्यहीनेर रहेको नेशनल होटलको क्याफेहाउसमा सोभियत सरकारले वार्षिक १५ जना नेपाली विद्यार्थीहरुका लागि देशका उच्च शिक्षणसंस्थानहरुमा अध्ययनार्थ छात्रवृत्ति प्रदान गर्न थालेपछिको दोस्रो खेपमा म मास्को आइपुग्दा निकिता सेर्गेएभिच ख्रुश्चेभ (ई.सं. १८९४–१९७१) यस विशाल देशका सर्वेसर्वा थिए । 

रुसमा उनको नाम स्टालिनको मुटु नै ठिहि¥याउने अधिनायकवादी शासनकालपछि ‘न्यानो पना’ संचार गर्ने नेताको रुपमा लिइन्छ । उनी सत्तामा आउनासाथै देशमा आम धरपकड रो किनुका साथै स्टालिनको समयमा दमनको मारमा परेकाहरुको नाममा लागेको कलङ्क समेत हटाइयो र बन्दीशिविरहरुमा यातना भोगिरहेकाहरुलाई पनि मुक्त गरियो । उनैको पालामा एशिया, अफ्रिका र ल्टाटिन अमेरिकाका नवस्वाधीन देशको निम्ति अत्यावश्यक दक्ष विशेषज्ञहरुको तैयारीमा सहयोग पु¥याउने उद्देश्यले मास्कोमा सन् १९६० मा जनमैत्री विश्वविद्यालयको पनि स्थापना गरिएको थियो । त्यसताका सोभियत संघमा लेनिनलाई देशमा समाजवादका प्रवर्तक राष्ट्रपिताको रुपमा मानिन्थ्यो भने फाशिवादी जर्मनीविरुद्ध द्वितीय विश्वयुद्धमा विजयको नेतृत्व गरे तापनि देशभित्र विपक्षीहरुलाई दमनचक्रको जाँतोमा पिंध्ने स्टालिनको नामले नै त्रास उत्पन्न गर्दथ्यो, यद्यपि लेनिनसमाधिभित्र उनको नश्वर शरीरलाई पनि अक्टोबर क्रान्तिका नेताकै बगलमा सुताएर राखिएको थियो (पहिलोपल्ट लेनिनसमाधिमा पस्दा मैले चिरनिद्रामा रहेका दुवै सोभियत ने ताहरुको शव देखेको थिएँ) । 

सन् १९५३ मा स्टालिनको देहान्तपश्चात् सर्वेसर्वा बन्न पुगेका निकिता ख्रुश्चेभले सोभियत कम्युनिष्ट पार्टीको र्बासौं महाधिवेशन (सन् १९६१) मा स्टालिनको व्यक्तित्वपूजाको कडा आलोचना गरेपछि मात्र स्टालिनको शवलाई सुटुक्क लेनिनसमाघिपछिल्तिर सो भियत नेताहरुलाई दफनाइने चिहानघारीमा गाडिएको थियो । सन् १९१८ देखि सोभियत कम्युनिष्ट पार्टीमा प्रवेश गरेका निकिता ख्रुश्चेभ २० वर्षपछि सन् १९३८ मा युक्रेन गणराज्यको पार्टीका प्रथम सचिव बनेका थिए र त्यसको १ वर्षपछि उनी पार्टी पोलिटब्युरोको सदस्य समेत बन्न पुगेका उपनामले मात्र नभई कामले नै लौहपुरुष मानिने स्टानिल (स्ताल माने इस्पात) को दाँजोमा निकै उदारवादी देखिए तापनि ख्रुश्चेभले सोभियत संघमा कम्युनिष्ट पार्टीको महासचिवको सर्वोपरि अधिकारको स्थापित व्यवस्थामा कुनै परिवर्तन ल्याएका थिएनन् । नेपालले संयुक्त राष्ट्र संघको सदस्यताका लागि दिएको निवेदनमा सोभियत संघले लगाएको भिटोको चर्चा म काठमाडौंको त्रिचन्द्र कलेजको विद्यार्थी छँदा सुनेको थिएँ । 

पछि ख्रुश्चेभले नेपाललाई साम्र ाज्यवादीहरुको पिछलग्गू देश भनी लाञ्छना लगाएर संयुक्त राष्ट्र संघमा नेपालको प्रवेशको ढोका थुनिदिएको पनि चर्चा सुनेको थिएँ । सम्भवतः कार्ल माक्र्सले एउटा लेखमा नेपालका राणा शासकहरुलाई ‘बेलायती साम्राज्यवादका बफादार कुक्कुर’ भन्ने लेखिएको पढेर नै सोभियत नेताले नेपालप्रति उपरोक्त लाञ्छना लगाएका होलान् (‘मकैको खेती’का लेखक कृष्णलाल अधिकार ीले पनि माक्र्सको उक्त लेख पढेको प्रतीत हुन्छ) । लेपाल र सोभियत संघबीच दौ त्य सम्बन्ध स्थापना भइसकेपछि पनि म मास्कोे पुग्दा रसियालीहरु ‘नेपाल’ भन्दा ‘नेपल्स’ भने को सम्झी मलाई इटालियन भन्ठान्थे । तर ख्रुश्चेभले नेपालबारे यथार्थ थाहा पाएपछि ने पालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको एक वर्षपछि नै नेपालसंग कूटनै तिक सम्बन्ध समेत गाँसिएको थियो । 

सोभियत नेता ख्रुश्चेभ नेपालप्रति निकै सहानुभूति राख्दथे भन्ने कुरा तत्कालीन सोभियत संघले नेपालका लागि दक्ष विशेषज्ञहरुको तैयारीमा मात्र नभई ने पालमै आर्थिक पूर्वाधार (सिमरा–जनकपुर राजमार्ग, पनौती जलविद्युत् केन्द्र, बीरगञ्ज कृषिऔजार कारखाना र चिनी कारखाना, जनकपुर चुरोट कारखना आदि) को निर्माणमा समेत पु¥याएको निस्वार्थ सहयोगबाट पुष्टि हुन्छ । स्मरणीय के पनि छ भने म रुस आइपुगेको डेढ वर्षपछि मास्को मा सन् १९६१ को २७ जुलाईका दिन आवासीय नेपाली राजदूतावास खुलेपछि सोभियत नेता निकिता ख्रुश्चेभ नेपाली राजदूतका पाहुना समेत बनेका थिए । उनी बाहेक मित्रराष्ट्र रुसको त्यस स्तरको अन्य कुनै शीर्षस्थ नेताले पनि त्यस भवनमा प्रवेश गरेको छैन । को खेती व्यापक रुपमा गर्ने, अमेरिकालाई उछिनेर अगाडि लम्कने र सन् १९८० सम्म साम्यवादको निर्माण गरिसक्ने जस्ता महत्वाकांक्षी नाराहरु दिएका थिए । यी नाराहरु साकार हुन नसक्नुमा मात्र उनको अदूरदर्शिता प्रकट हुँदैन । 

अझ उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको कार्यान्वयनमा पनि गल्तीहरु गर्न पुगेका थिए । देशमा न्यानोपनाको छनक पाएर प्रोत्साहित भई सत्तावर्गको अनुकूल कलासिर्जना नगर्ने लेखककविहरु र चित्रकारहरुलाई झपारेको, आधुनिक कलाप्रदर्शनीको अवलोकन गर्दा समाजवादी यथार्थवादको सिद्धान्तसित मेल नखाने खालका चित्रहरु देखेर बुलडजरले प्र दर्शनस्थल नै भताभुङ्ग पारिदिएको, सन् १९६० को २३ सेप्टेम्बरका दिन संयुक्त राष्ट्र संघको महाधिवेशनमा वक्तव्य दिंदै साम्राज्यवादको अग्रणी देश अमेरिकालाई तर्साउन जुत्ता फुकालेर टेबिल ठटाएको जस्ता घटनाहरुबाट सामान्य किसान परिवारमा हुर्केका ख्रुश्चेभको झक्कीपना छर्लङ्ग हुन्छ । तर उनले दोस्रो विश्वयुद्धमा ध्वस्त देशमा छोटो समयावधिभित्रै आर्थिक र सामाजिक उन्नतिका लागि अथक प्रयास गरेका उदाहरणहरु पनि प्रशस्तै छन् । 

देशको आवास समस्या निराकरणका लागि सन् १९६० को दशकतिर ख्रुश्चेभले सस्तो लागत खर्चमा ५ तले घरहरुको व्यापक निर्माण गरेर एउटै प्mलैटमा गुजारा चलाइरहेका कैयौ परिवारहरुलाई परिवारको सदस्यसंख्याको आधारमा निशुल्क प्mलैट वितरण गर्ने चाँजोपाँजो मिलाएर नगरवासीहरुलाई निकै राहत प्रदान गरेका थिए । त्यसताका म नयाँ प्mलैट प्राप्त गर्ने आप्mनो विश्वविद्यालयका एक प्राध्यापकको पाहुना बन्न पुगेको मलाई सम्झना छ । शहरको छेउछाउतिर त्यतिखेर दनेका यस्ता पाँचतले घर हरुलाई सोभियत नेताकै नामबाट ‘ख्रुश्चेभ्का’ भनिन्छ र हाल तिनको स्थानमा गगनचुम्बी आधुनिक सुविधासम्पन्न घरहरु बनिरहेका छन् । अहिले म जुन इलाकामा बस्तछु त्यहाँ हाल मेरै निवासस्थानको पछिल्तिर र सडकपारि अगिल्तिर पनि यस्ता २८ वा त्यसभन्दा पनि बढी तला भएका आधुनिक सुविधासम्पन्न अग्ला घरहरु बनिसकेका छन् । 

आजको दृष्टिले हेर्दा ख्रुश्चेभले ‘खेतकी रानी’ भन्ने नाउँ दिएर रुसमा मकै ख्रुश्चेभको खरो मिजनस र हक्कीपनाबाट उनका आसेपासेहरु मनमनै चिढिएका थिए, तर मुख खोलेर केही भन्न सक्तैनथे । उनले जुन किसिमले स्टालिनको विरोध गरेका थिए त्यो पनि सबै लाई पचिरहेको थिएन र यस्तो आलोचनाले सोभियत सत्ताकै जग हल्लिने सम्भावना छ भन्ने पनि उनीहरु सोच्दै थिए । वर्तमान प्रजतान्त्रिक रुसमा त स्टालिनका समर्थकहरुको कमी छैन भने त्यसताका मरिसकेका स्टालिनको छाया बिलाइसकेको थिएन । अन्ततोगत्वा ख्रुश्चेभ आराम लिन गइरहेको अवस्थामा अचानक पार्टी केन्द्रीय समितिको बैठक बोलाएर उनलाई सत्याच्यूत गरियो र निवृत्तिभर णसम्बन्धी उनैको पालामा बनेको कानूनकै आधारमा उनलाई पेन्सन तोकिदिएर ‘खे तकी रानी’ को सेवा गर्न दाचा (उपनगरीय घरघडेरी) तिर पठाएर देशको बागडोर ब्रेझनेभले धैरै वर्षसम्म युक्रेनको सर्वेसर्वा भई काम गर्ने ख्रुश्चेभकै इच्छाले ६० वर्षअघि क्रिमिया प्रायःद्वीप रुस गणतन्त्रबाट युक्रेन गणतन्त्रमा गाभिएको थियो । त्यतिखेर उनको इच्छाको विरोधमा कसैले चुँसम्म पनि गर्ने साहस राख्तेनथ्यो । 

फेरि क्रिमिया प्रायःद्वीपमा युक्रेनबाट प्रशासन सहज हुने तर्क सबैका लागि मान्य पनि थियो । मुख्यतः रुसी मूलका वासिन्दाहरु रहेको युक्रेनको पूर्वी र दक्षिणी हिस्सा पनि त लेनिन र स्टालिनको पालामा विशाल रुस गणतन्त्रबाट युक्रेनको मातहतमा राखिएको थियो । सोभियत संघ एउटै देश हुँदासम्म जुन भूभाग जुन गणतन्त्रमा गाभिए पनि कसैलाई आपत्ती हुनै कुरै भएन । तर अहिले विगतको यही स्थिति नै समस्याको मूल कारण बन्न पुगेको छ । अहिले क्रिमिया र युक्रेनको घटनाको सन्दर्भमा नै ख्रुश्चेभको नाम बराबर लिइने गरिएको छ । द्वितीय विश्वयुद्धपश्चात् ख्रुश्चेभ एकजना मात्र उज्ज्वल भविष्यको आदर्शप्रति आस्थावान् सो भियत नेता थिए भन्दा अत्युक्ति हुने छैन । देशमा साम्यवाद निर्माण गर्ने उनको कल्पना अहिले हास्यास्पद लाग्दछ, तर उनले अन्तरमनले नै यो कल्पना साकार हुने दृढ विश्वास राखेका थिए । 

सात वर्ष पेन्सनवालको रुपमा जीवनयापन गरी सन् १९७१ को ११ सेप्टेम्बरका दिन उनले नश्वर देह त्याग गरे । अन्य सोभियत नेताहरुले भैंm उनले मरणोपरान्त पनि लालमैदानस्थित ले निनसमाधिको बगलमै क्रेमलिन पर्खालमुनि समाधिस्थ हुने सम्भावना पाएनन् । उनको अन्तेष्टि मास्कोको नोभोदेभिच्ए मोनेष्ट्रीअन्तरगतको चिहनघारीमा गरियो र उनको समाधिमाथि प्र तीकात्मक समाधिस्तम्भ स्थापित गरिएको छ । एक आपसमा जोल्टिएका सेतो र कालो सिंगमर्मरका स्तम्भहरु जीवन र मृत्युका द्योतक हुन् जसको माथिल्लो शिरोभागमा ख्रुश्चेभको आवक्ष मूर्ति रहेको छ । सेतो र कालो रङ्गको यस्तो कलात्मक संयोजनलाई जीवन र मृत्यु, सुख र दुःख, दिन र रात, मित्रता र शत्र्रुता, शुभ र अशुभ आदि विभिन्न प्रकारले व्याखा गर्न सकिन्छ । यस स्मृतिस्तम्भमा ख्रुश्चेभकै नकारात्मक र सकारात्मक पक्षको प्रतिबिम्ब उत्रेको छ भन्ने लाग्छ । 

विश्वको विसम परिस्थितिमा सोभियत संघजस्तो एक विशाल देश र सुपरपावर राष्ट्रको हालीमुहाली ११ वर्षसम्म जसको हातमा रहेको थियो तिनै ख्रुश्चेभको स्मृतिमा स्थापित यस समाधिस्तम्भले मानवबुद्धि र उसैको सिर्जना संहारक यन्त्र (अणुबम) बीच बीसौ ं शताब्दीमा देखिएको द्वन्द्वको पनि द्योतन गर्दछ भन्नु अत्युक्ति नहोला । अमेरिकाले टर्कीमा आफ्नो सैनिकशिविर खडा गरेको विरोधमा सोभियत संघले क्युबामा गोप्य र्ढगले क्युबामा क्षे प्यास्त्र पु¥याउँदा विश्व एक्कासी आणविक युद्धको संघारमा पुगिसकेको थियो । तर अर्को पक्ष्यलाई कूटनैतिक माध्यमबाट सूचित गर्ने समेत समयको अभाव भइसकेको अवस्थामा अन्ततोगत्वा रेडियो मास्कोको प्रसारणमार्पmत् क्युबाबाट क्षेप्यास्त्र हटाउन ख्रुश्चेभको निर्णय प्रसारित भएपछि त्यो विश्वव्यापी दुर्घटना टरेको थियो । 

मास्को नगरभित्रै रहेको एक पवित्रस्थल नोभोदेभिच्ए मोनेष्ट्रीको समाधिस्थलमा हाल नयाँ रुसका विशेष सम्मानप्राप्त व्यक्तिहरुको नश्वर देह दफनाइने गरिएको छ । त्यहाँ नै विश्वविख्यात लेहक–कवि, चित्रकार–कलाकार, विद्वान्–विदुषीहरुको समाधि रहेको छ र समाधिस्थलमा अनेकौ ं कलात्मक स्मृतिस्मारकहरु देख्न सकिन्छ । नेपाल र सोभियत संघबीच सन् १९५६ को २० जुलाईका दिन दौत्यसम्बन्ध स्थापना गर्ने नेपाली जनताको इच्छा साकार तुल्याउन सदीक्षा जनाई आवश्यक निर्णय लिने सोभियत नेता ख्रुश्चेभको द्वन्द्वात्मक जीवनलाई प्रतिबिम्बित गने र् स्मृतिस्मारक राज्यको तर्पmबाट राखिएको थिएन, तर उनको देनप्रति आभार व्यक्त गर्ने मूर्तिकारद्वार ा बनाइएको थियो । 

प्रिय पाठकवृन्द, यदि कुनै दिन तपाई मास्को पुग्नुभयो भने मास्को नदीको नजिकै रहेको नोभोदेभिचरए मोनेष्ट्रीको परिसरमा पसेर नेपालका एक हितैत्री रुसी र ाजनेता निकिता ख्रुश्चेभको स्मृतिस्मारकसमक्ष पनि एक छिन उभिएर श्रद्धाञ्जवी अर्पण गर्न नबिर्सनु हो 

 दिनाङ्क ः २० अप्रील २०१४ (आइतवार, इष्टर पर्व), मास्को, रुस महासंघ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com