गजल : By, आचार्य प्रभा



गजल_उनै गीत महारथी तथा साहित्यका मुर्धन्य ब्यक्तित्व स्व:श्री क्षेत्रप्रताप अधिकारीज्युलाई यही गजल भाव समर्पण....

गीत,संगीतको बोटैबाट लालीगुराँस झर्‍यो आज 
मृत्‍यु शैय्या काखी च्यापी अन्तकतै सर्‍यो आज । 

कैले फुल्थे भीरमा उनि,कैले फुल्थे शीरमा पनि
गुराँस फुल्ने रहर साँच्दै आसुँ नदी तर्‍यो आज । 

गजल बनी कैले बग्थे,कैले गीतको भाका बन्थे 
दैवपनी पापी बनी त्यो देहलाई हर्‍यो आज । 

कविताका पूजारी भइे कवितामै रमाउदथे  
नेपाली यो साहित्यमा कस्तो पीडा पर्‍यो आज । 

शुन्य भयो संगीताकाश धुम्मिइेयो नि क्षितिज पनि 
पापी काल निष्ठुरी भइे गर्नुसम्म गर्‍यो आज । 

आचार्य प्रभा ( अमेरिका )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com