कबिता : By, कल्पना राई "ख़ुशी"



कलियुग

जमाना बद्लिएछ नी!
प्रकृतिले पालुवा फेरे सरि
अपेक्षित युगले कहिले हो कहिले आफैलाई नङ्ग्याइ सकेछ
शिशिरमा नाँगिएको कंकाल रूखहरु जस्तो 
आफैलाई सर्वांगै नाङ्गो पारेर 
नग्नताको प्रदर्शन ठाउँ ठाउँ बाट
नयाँ नयाँ स्वरुप फेरर प्रदर्शित छन 
के तपाईलाई थाहा छ?

मानब बनावट उही हाड र मासुकै छl
खाने मुख एउटै छ
पचाउने कलेजो उही
अपच बिकार बस्तु फाल्ने मलद्वार एउटै छ 
सदीऔ देखि र कलान्तर सम्म यस्तै रहने छl
सृष्टिको स्रोत साधन पर्याप्त हुँदा हुँदै आपुग छl
भोको त भोको नै छ 
अघाएर ढ़याउ काढ्ने पनि भोकै छन 
यही दुई भिन्ना भिन्नै भोकले निम्त्याएको छ"कलियुग"

मानसिक सन्तुलन बिग्रिए पागल कहलाउछ
धर्मको सन्तुलन बिग्रिए "कलियुग"
कलियुगले सुस्तरी च्याप्दै लागेको यो संसार 
कति बेला आफ्नो आकार फेर्छ?
न तपाईलाई थाहा छ,
न त मलाई नै………
छेपारोले रंग फेरे जस्तै 
फेरिन सक्छl
सावधान!
आफ्नो भोकमा अंकुश न लगाए ….

कल्पना राई "ख़ुशी"

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com