कविता : By, कल्पना राई"ख़ुशी"



 कविता : 

केहि महीना भयो वाकवाक लागेको 
गन्ध पनि कस्तो नमिठो,छि!
गर्भवती महिलाको सुरुवाती दिनहरू जस्तो 
मन,मष्तिस्क बोधो भएको छl
हात,गोडा र जाँगर सुस्त भएको छl
नयाँ सोच 
नयाँ बिचार
नयाँ कल्पना 
कतै तुवाँलोमा रुमलीएको जस्तो
सुनामीले बगाई लागेको जस्तो

हृदयको पराकाष्टा उछिनेर 
मेरो मनको कबिता हराएर हो कि?
गनाउने लागेको 
स्वाद फेरिएको
या,फेरी ………
बैचारिक गर्भको कबिता,कबिता नभएर
रबिता र सबिता भएर होl

त्यसैले होला!
केहि महीना भयो वाकवाक लागेको 
गन्ध पनि कस्तो नमिठो,छि!
गर्भवती महिलाको सुरुवाती दिनहरू जस्तो 
मन,मष्तिस्क बोधो भएको छl
हात,गोडा र जाँगर सुस्त भएको छl

कल्पना राई"ख़ुशी"
दोलखा नेपाल 
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com