गजल : By, मानन्धर अभागी



गजल :

पीडै पीडामा झेलेर झुक्दैछ यो जिन्दगी 
रातौं दिन गलेर सुक्दैछ यो जिन्दगी 

कस्तो अभिशाप भो भाग्यले याँ ठगेपछि 
थाहा छैन कहाँनिर चुक्दैछ यो जिन्दगी 

बाँच्ने त्यो आधारशिला आफ्नो त्यो गन्तव्य 
समयसँगै चल्दै गर्दा रुक्दैछ यो जिन्दगी 

कालो भाले र पैसा हेर्दै किन हो उफ्रन थालेछ 
ढ्याङ्ग्रो ठोक्दै धामीले फुक्दैछ यो जिन्दगी 

व्यर्थै भ्रममा परेर नबोल्ने त्यो मूर्तिलाई 
सोध्दैछु कहाँ निर पुग्दैछ यो जिन्दगी । 

 मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com