गजल :
हिजो कसैले हरेको त्यो शरीर
अब के काम रह्यो खोटो त्यो तस्वीर
जिन्दगी अभिशाप , हो वा फुटेको भाग्य
यस्तै लेखेको रहेछ मान्छेको तक्दिर
चीर हरण गर्ने रावण त्यो दुष्टलाई
कति सस्तो भएछ त्यो सिन्दुर अविर
मनुष्यलाई मात्र नभएर आज
बनाइ दिइ छाड्यो भगवान् लाई फकिर
अर्काको सर्वनाश गर्ने त्यो दुष्ट राक्षस
अन्तःत पापीको छेदन भयो शिर ।
मानन्धर अभागी