गजल : By, आचार्य प्रभा



नयाँ बर्ष गजल :

पुराना दिन जे जे भए राम्रा मात्र साथ राखौं 
नयाँ आको सालमा चाँहि असल सत्य बात राखौँ । 
झुटमुठको खेती गरि कसैलाई नि नछलौँ 
मेहनत,पौरखमा सबै मिली हात राखौं । 
बिश्वभर चिनिनलाई जतिसक्दो प्रयास गरौं 
बिरताको प्रतीकमा नेपालीकै जात राखौँ । 
बुद्धत्वको देश हाम्रो शान्त बनौँ हर नेपाली 
बुद्धलाई साक्षी मानी चरणमा माथ राखौं । 
हत्या हिंशा लुट्पातको कलंक ती मेटाउँदै 
स्वच्छ,स्वर्णिम् सपनाको मात्र मीठो रात राखौँ ।   
आचार्य प्रभा 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com