गजल : By, पदमा लिंखा मगर


गजल : By, पदमा लिंखा मगर

नरुनु तिमी फर्कन्छु चाँडै सम्पत्ति कमाइ
घरजम गरी बसौंला सँगै सुखले रमाइ

थुपारि दियो भाग्यले दु:ख कर्मले मेटौंला
नबन्नू हत्तास जाँदैछु आज विश्वास थमाइ

दैवको लेखा भनेर सधैं रातै दिन घोटिंदा
गएन दु:ख आँशुले धुँदै पुर्पुरो समाइ

पसिना बगाइ हात खुट्टा घोटे कसरी नहोला
गर्दिन खर्च भविश्य सम्झी राख्नेछु जमाइ

सुखमा सबै दायाँ र बायाँ दु:खमा एक्लै हो
अभावसँग सैरको जीवन यही भो ठमाइ ||

पदमा लिंखा मगर
हाल: न्युयोर्क, अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com