किन आए सूचना तथा संचार मन्त्री डा.रिजाल युएई ?

दुबई  चैत २१,

मेघराज सापकोटा : नेपाल सरकारका बर्तमान सुचना तथा संचारमन्त्री डा.मिनेन्द्र रिजाल अन्तरास्ट्रिय टेली-कम्युनिकेसन बिकास सम्बन्धी सम्मेलनमा भाग लिन यो साता अबुधाबी आएका छन । 

संचार क्षेत्रलाई प्रभाबकारी रुपमा परिबर्तन गर्ने र सामान्य जनता समक्ष यसको पहुच तथा सुबिधा पुर्याउने उदेश्यका साथ अबुधाबीमा सम्पन्न उक्त सम्मेलनमा भाग लिन नेपालका तर्फबाट आएका नेपाल सरकारका प्रबक्ता समेत रहेका मन्त्री रिजालले युएईका लागि नेपाली राजदुत धनन्जय झा संग पनि भेटघाट गरेका छन। मन्त्री रिजालले नेपाली काङ्रेसको भात्री संगठन नेपाली जनसंपर्क समितीले आयोजना गरेको एक अन्तर्कृया कार्यक्रममा भाग लिए पनि अन्य कुनै पनि सामाजिक संघ संस्थाहरुलाई जानकारी नदिए पछी ती सँघ सस्थाहरुले फेसबूक लगायतका सामाजिक सन्जाल मार्फत आपत्ति जनाएका छन।

नेपाल सरकारको पररास्ट्र मन्त्रालय मार्फत भएको उक्त भ्रमणमा युएईमा सक्रिय कुनै पनि संघ सस्थालाई जानकारी नगर्दा युएईमा रहेका संघ सस्थाहरुले मन्त्रि तथा नेपाली दुताबासको निकै चर्को आलोचना पनि गरेका छन। मन्त्री र दुताबासले यहाँका श्रमजिबी नेपाली मजदूरको हकहितको बारेमा कुनै पनि चासो नलिएको र संघ सस्थाहरुको अबमुल्यन गरेको महसुस गरेका छन। नेपाली जनप्रगतीशिल मन्चका अध्यक्ष हेमन्त पौडेल भन्छन-'मन्त्री देश र जनताका हुन या काङ्रेसका मात्रै हुन जान्ने बेला आएको छ। ३ लाख भन्दा बढी नेपाली श्रमिक रहेको युएईमा सुटुक्क आएर व्हिस्की पार्टी मात्र गर्ने कार्यको जती भर्त्सना गरे पनि कम नै हुन्छ। उनले भने-'श्रमिकका यावत समस्याहरु छन, कयौ जेलमा छन, कोही उद्दारको पर्खाइमा दुताबासको सेल्टरमा छन, उनी सुटुक्क आएर कार्यकर्ता भेट्घाट गर्दै भाग्नुले बर्गिय चरित्र छताछुल्ल भएको छ। हामी जनताले यसै गरी बुझेका छौ।' 

राजदुताबास कसैको पार्टी कार्यालय नभै नेपाली जनताको सम्पती भन्दै उनले थपे-'यसले गर्दा राजदुताबासको बचेखुचेको साख पनि सकियो।' गोर्खा समाज,युएईका अध्यक्ष भीम श्रेष्ठ भन्छन-'मन्त्री आएर श्रमिकहरुको हकहितको लागि के के आवाज उठाए थाहा पाउनु युएईमा रहेका नेपाली जनताको हक हो। व्हिस्की पिएर सुटुक्क फर्कदा उनको इज्जत बढेन बरु घट्यो।' नाम नछाप्ने सर्तमा गैर आवासिय नेपाली संघमा आबद्द एकजना भन्छन-'फेसबूकमा व्हिस्की पार्टी गरेको फोटो हेरेर थाहा पाइयो। खै किन आए किन गए राजदुतलाई थाहा होला। तर नेपाली संघ संस्थालाई गरेको बेवास्ता निन्दनिय छ।' नेपाली युवामन्चका लक्ष्मण लामिछाने भन्छन-'त्यती धेरै आपत्ति जनाउनु पर्ने ठाउँ छैन किनकि उनी कांग्रेस हुन त्यसैले वर्गिय पक्षधरता प्रकट हुन्छ नै, दलाल र सामन्ती सभ्रान्तहरुको पार्टी र उनीहरु कै नेताबाट अन्य मजदुर हकहित अपेक्षा राख्नु नै गलत हो। 

जँहा सम्म मन्त्रीको सवाल छ त्यो त उनले नेपाली कांग्रेस को मात्र हुँ भनी प्रष्ट पारेको हुन, अनी नेपाली कांग्रेसको कोटा बाट नियुक्त राजदुतले कुन वर्गको प्रतिनिधित्व गर्लान र? प्रचन्ड त मजदुर वर्गको प्रतिनिधी पात्र थिए र पो कतार भ्रमणमा मजदुर कै आवाज उठाएका हुन। मैले यसरी नै बुझें र सबैले यसरी नै बुझीदिनु होला।' यसै गरी बिभिन्न सामाजिक संघ संस्थाको साथै राजनैतीक पार्टीका भगिनी संगठनमा आबद्द बिभिन्न ब्यक्तीहरुले पनि मन्त्री रिजालको यस्तो ब्यवहारको घोर निन्दा गरेका छन। प्रत्येक कार्यक्रम गर्दा सबै संघ सस्थालाई आमन्त्रित गर्ने नेपाली काग्रेसको भगिनी संगठन नेपाली जनसंपर्क समितिले यस पटक भने कुनै पनि संघ सस्था तथा पत्रकारलाई निमन्त्रणा गरेको देखिदैन। 

यसपटक देशको नभएर नेपाली काङ्रेसका मात्रै मन्त्री आएको हुनाले श्रमजिबी तथा मजदूर बर्गलाई हेला गरेको हुन सक्ने बुझाई युएईमा रहने नेपालीहरुको रहेको छ। स्मरण रहोस राजदुताबासकै कर्मचारीको मिलेमतोमा दुबइमा एउटा कोठा भाडामा लिएर पासपोर्ट बनाइदिने भन्दै नेपालीहरु लाई ठगी गरिरहेको पाइएकोले केही दिन अघी मात्र राजदुताबास बिबादमा मुछिएको थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com