गजल 'नयाँ बर्ष "
"हर्ष भर्दै पिडित ओठमा ,मुस्कान ल्याऊ नयाँ बर्ष ,
हत्या र हिंसा विरुद्धमा , आवाज उठाउ नयाँ बर्ष ,
बिग्री सक्यो हाम्रो मुलुक ,हाना हान र ताना तानले ,
सुमार्गको परिचय के हो? सिकाउँन आऊ नयाँ बर्ष ,
रगतले सिचिएको हाम्रो ,माटो हाम्रो रुखिए छ ,
धर्ति आमालाई बचाउने , उपाए बताऊ नयाँ बर्ष ,
हरियाली डाडा पाखा ,झरना माथि चौरी गोठ ,
पग्लिएको हिमालबाट हेर्न आऊ नयाँ बर्ष ,,
झन् चर्किए कथा ब्यथा मुर्झिए कि सबै हर्ष ,
शौभाग्यको बर्ष छर्ने बोकी ल्याऊ नयाँ बर्ष ,
प्रति द्धन्दी धेरै भए ,धनबिया मुर्ख बर्ग ,
सद्भावना बढी ल्याई थेग्न आऊ नयाँ बर्ष ,
संसार भरि भाग्न लागे ,जागरिला युवा हात ,
उन्नतिको वर्षा छर्दै ,रोक्न आऊ नयाँ बर्ष
निशा खनाल अर्याल ,
इज़रायल
इज़रायल