कबिता : By, माया लामा बम्जन



\\मुटु चुँडि लाने माया।//

तिमी कति निष्ठुरी माया परेछौ
तर मैले चिन्न सकिन यो मेरो भुल भयो।
तिमी पहिले फूल बनेर आयौ
तर पछि काँडा बनेर गयौ
तिम्लाई नचिन्नु नै मेरो भूल भयो।

मैले तिम्रो माया पानी जस्तै
स्वच्छ ठानेकी थिएँ तर हैन रैछ
तिमी त स्वच्छ मन र महँगो
मुटु चोरेर हिंड्ने मान्छे परेछौ
कति लाई घाइते बनाउछौ?
तिमी कतिको  मन दुखाउँछौ तिमी??
अरुलाई रुवाएर आफु हाँसेर हिंड्ने मान्छे परेछौ तिमी।

ल अब तिम्रै जित भो
तिमीलाई जितको माला
म हारे,
म लगाउछु हार को माला।
तिमीनै राज्य चलाऊ मेरो मुटुमा
म मुटु बिना फिटी फिटी भएरै बाँचौला।
मैले जसरी मुटु तिमीलाई दिएँ
तर तिमी अरुलाई मुटु नदेउ
बाँच्न गाह्रो होला तिमीलाई।

म मुटु बिना फिटी फिटी भएर बाँचौला
तिमी दुइटा मुटु साथमा राखेरा आनन्दले बाँच।
तिम्रो खुशीनै मेरो खुशी थियो
त्यसैलेत मैले मुटु नै दिएको।
तिमीले मेरो मुटु चुँडेरा लगे पनि
मेरो मन जतिनै दुखाए पनि
माया हर पल तेतै गैइरन्छ।
आउँदो दिनहरुमा पनि
माया निरन्तर तिमीलाई दिनेछु
निष्ठुरी माया हाँसेरै बाँच
दुइटा मुटु सँगालेर राख।

माया लामा बम्जन
सिन्धुपाल्चोक नेपाल
हाल: जेरुसलेम-ईजरेल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com