घर फर्कदै गरेका हरिवनका एक युवकको बाटैमा मृत्यू, परिवार शोकाकूल I

 सर्लाही फागुन २४,

रुपबहादुर विश्वकर्मा : हेटौडाबाट गएराती मोटरसाईकलमा आफ्नो घर सर्लाहीको हरिवन फर्कदै गरेका एक युवकको बाटैमा मृत्यू भएको छ । हरिवन वडा नम्बर ९ निवासी मिलगेट उखु उत्पादक समितिका अध्यक्ष वेदबहादुर बुढाथोकीका छोरा करिब ३० वर्षिय बलराम बुढाथोकीको दुर्घटनामा परी मृत्यू भएको हो । 

हेडौडामा बसेर ट्यूसन पढाउने गरेका बलराम गएराती मोटरसाईकलमा घर आउँदै गर्दा पथलैया भन्दा करिब १ किलोमिटर पूर्व भत्किएको पुलमा मृत अवस्थामा फेला पर्नु भएको हो । रोकी राखेको टेलरमा मोटरसाईकल ठोक्किएर लडेको अवस्थामा बलरामलाई भेटिएको प्रहरीलाई उधृत गर्दै परिवारले जनाएका छन् । 

तर दुर्घटनाको वास्तविक कारण भने प्रष्ट नभएको जनाइएको छ । पोष्टमार्टमका लागि अहिले बुढाथोकीको शव विरगंज लगिएको र आजै सर्लाही ल्याई वागमती नदीमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएका छन् । बलरामको आकस्मिक मृत्यूले बुढाथोकी परिवार गहिरो शोकमा परेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com