कबिता : By, शान्ती राई "स्मृती"










.
कबिता
\\नारी//
आदिम वेदहरुबाट
अमुर्त आदिशक्तीको
रुप नारी
सिता,दुर्गा
हुँदै आईपुग्दा
मुर्त मेरी आमा, दिलशोभा
मदर टेरेसा हुँदै
युग हाम्फाली रहेछ।
अझै पासाङ ल्हामु, फ्लोरेंस नाईटीगेल
हुँदै लम्की रहेछ

तर बुझ्दैनन अझै पनि
या अबुझ बनिटोपलेका
एउटी नारी
आज्ञाकारी छोरी
कर्तब्यनिष्ठ बुहारी
आदर्श पत्नी र
ममताकी खानी आमा हुन सक्छिन
तर सक्दिनन बन्न समाजको खेलौना
तसर्थ बुझ हे! यो युगका मान्छे हो;
यो सृष्टि नारीमा उब्जेर नारीमै समाहित छ
नारी र पुरुष द्वारा कुद्ने रथमा पनि
नारीमा दाईजोको भार थपिन्छ
नारीमा अशिक्षाको भार थपिन्छ
नारीमा नसोंचिएका लाञ्छना थपिन्छ
यि भार बोकेरपनि सन्तानको भार थपिन्छ
यत्ति भार बोकेरपनि पति परमेश्वर
सम्झि खुट्टा कपाउँदै भएपनि
आफ्नो धर्म र कर्तब्यबाट कहिल्यै
परायन हुन्नन पुरुषको लागी नारी।
तरैपनि अबुझ अमान्छेहरु
कलेजोमा टेकी रहन्छन नारीको
यो पिंडा हेरेर सगरमाथा रोईरहन्छ
किनकी उसैको काखमा एकै चोटी
सत्रहजार मा आधा नारीको लाश माथी बाट
कुद्यो लोक तन्त्र
तर अझै पनि
उसैको काखमा बलात्कारको शिकारमा छे नारी।
पशुपतिका वरपर नाङ्गे पुरुष दौडदा भगवान
नारीले घुम्टो खोल्दा बेस्या, र बदनाम |

यो असमानताको आगोमा नारीलाई मात्र
किन सधै अग्निपरिक्षा?
खै त नारी न्यायका आचार संहिता?
कैले सम्म नारी बेदनाभित्र अमान्छेको स्वामित्व?
कोई त मान्छे बन
मान्छे भएर नारी सम्मानको एउटा
उपहार "शिक्षा" प्रदान गर।
एउटा उपकार "सम्मान" गर।
अनि हेर तिम्रो उपहार र उपकार भित्र
नारीले बोकेको शक्तीको पहाड
अनि हेर नारी हृदयमा डुबेको ममताको बढाव
अनि हेर नारी कर्तब्यको बहाव
जसरी सुर्य उदाउँछ अन्धकारलाई चिर्दै
त्यसरी उदाउनेछिन नारी साक्षात्कार
तिम्रो जीवनमा, तिम्रो कर्म-बचनमा

एउटा अमुल्य रोशनी लिएर तिम्रो जीवनमा।

शान्ती राई "स्मृती"
बिर्तामोड, झापा
हाल ईजरेल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com