नयाँ दिल्ली
भारतमा आगामी महिना हुन लागेको निर्वाचनको प्रचारप्रसार व्यापक मात्रामा भइरहेको छ । विगतका वर्षहरुका तुलनामा यस वर्ष निर्वाचनको प्रचारमा व्यापकता रहेको बताइएको छ । यो वर्ष भारतमा व्यापक मात्रामा भ्रष्टाचार बढेको भन्दै यसका विरुद्धमा भोट माग्दै भारतीय जनता पार्टीले प्रचार गरिरहेको छ ।
भारतमा आगामी अप्रिल ७ देखि आम निर्वाचनको मतदान शुरु हुँदैछ । नौ चरणमा हुने निर्वाचन मे महिनाको १२ तारिखमा सम्पन्न हुँदैछ ।
निर्वाचनका क्रममा मतदातालाई आप्mनो पक्षमा पार्न सभा, सम्मेलन र समारोहको आयोजना अत्यन्तै द्रूतरूपमा गरिएका छन् । बनारसमा हालैमात्र पनि भारतीय जनता पार्टीले सभा गरेको थियो ।
चुनावी सभाका भाषणमा पनि दुईजना चर्चित उम्मेदवारको बढी मात्रामा चर्चा गर्ने गरिन्छ । काङ्ग्रेसको सभाको भाषणमा आगामी प्रधानमन्त्रीका रुपमा राहुल गान्धीलाई र भाजपाका सभामा मोदीलाई अघि सार्ने गरिएको छ ।
भारतलाई जनसङ्ख्याका हिसाबले विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक मानिन्छ । यहाँका करीब ८१ करोड जनता मतदानका लागि दर्ता भएका छन् ।
भारतको तल्लो सदन लोकसभाका लागि हुन लागेको निर्वाचनमा ५ सय ४५ जना छानिने छन् । यस प्रयोजनका लागि नौ हजार भन्दा बढी मतदान केन्द्रको व्यवस्था गरिएको छ भने निर्वाचन गराउन लाखौं कर्मचारी खटिँदै छन् । स्वतन्त्र भारतको यो ३८ औँ आमनिर्वाचन हो ।
हालै मात्रै उदय भएको भारतको नयाँ राजनीतिक शक्ति आम आदमी पार्टीले पनि आगामी निर्वाचनको एजेन्डालाई पृथक रूपमा उठाउने गरेको छ ।
उसले राजनीतिमा वंशवादको अन्त्य यसै निर्वाचनबाट गर्ने एजेण्डा अघि सारेको छ । आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले आप्mनो पार्टीको नीति पनि एक परिवारमा एक सदस्यलाई मात्र पदाधिकारी बनाइने रहेको भन्दै आएका छन् ।
यसैबीच भारतमा भ्रष्टाचारविरोधी अभियानका एकजना अभियन्ता अरबिन्द केजरीवालले बनारसबाटै आफ्नो उम्मेदवारीको घोषणा गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले भारतीय जनता पार्टीका नेता तथा उक्त पार्टीका तर्पmबाट आगामी संसदीय निर्वाचनपछि निर्माण हुने सरकारमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा घोषणा गरिएका नरेन्द्र मोदीलाई चुनौती दिने सम्भावना जीवितै रहेको बताइन्छ ।
हालैमात्र आम आदमी पार्टीको प्रमुखका रुपमा नयाँ दिल्लीको मुख्य मन्त्री बनेर चर्चामा आएका केजरीवालले मोदीलाई चुनौती दिँदै सोही स्थानबाट आगामी संसदीय निर्वाचनको उम्मेदवारी घोषणा गर्ने अड्कल काटिएको हो ।
आम आदमी पार्टीका प्रमुख केजरीवाल सोमबार रातिको रात्रि रेलमा चढेर मङ्गलबार बिहान बनारस पुगी त्यहाँ आयोजित पार्टीको सभालाई सम्बोधन समेत गरेका छन् ।एजेन्सी: