मास्को चित्र ७,
बिजय थापा : रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूले हरेक वर्ष भानुजयन्ती मनाउँदै आएको र हाम्रा आदिकविको द्विशताव्दीय जन्मजयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ, रूस शाखाबाट रूसी भाषामा हाम्रा आदिकवि भानुभक्त आचार्यका केही कविता तथा काव्यांशको अनुवादका साथै मूल नेपालीसहित द्विभाषिक कवितासङ्ग्रह “लोकको गरूँ हित् भनी” शीर्षकमा प्रकाशमा ल्याइएको थियो ।
यस साल रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोह विभिन्न कार्यक्रम सहित अझ बढी भव्यताका साथ सम्पन्न गर्न गत: डेढ महीनाको अवधिमा समिति गठनार्थ गृहकार्य सम्पन्न गरिएको थियो र फागु पूर्णिमाको शुभमुहुर्तमा संयोजक कृष्णप्रकाश श्रेष्ठको अध्यक्षतामा रुसमा रहेका नेपालीहरुका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू सहित आदिकवि भानुभक्तआचार्य द्विशत वार्षिकी समारोह समिति, रूस महासंघ गठन गरिएको घोषणा गरिनुका साथै सोही दिन बोलाइएको यस समितिको प्रथम बैठकमा त्यसको अनुमोदन गरिनुका साथै सम्भावित कार्यक्रम पनि निर्धारित गरिएको छ ।
आदिकवि भानुभक्त आचार्य द्विशत वार्षिकी समारोह समिति रूस महासंघका पदाधिकारीहरु तथा सदस्यहरूको नामावली निम्नप्रकार छ :
१. अध्यक्ष– श्री कृष्णप्रकाश श्रेष्ठ,
२. उपाध्यक्ष – डा. मधुकृष्णश्रेष्ठ “माधुर्य”,
३. उपाध्यक्ष– श्री गोविन्दप्रसाद गौतम,
४. कोषाध्यक्ष – श्री डिल्ली खरेल ‘सुमन’,
५. सदस्यसचिव -डा. मणिराज पोखरेल ।
सदस्यमा रूसमा बसोवास गरिरहेका नेपालीहरूद्वारा संचालित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू श्री महेशकुमार खडका (गैरआवासीयनेपालीसंघ, रुस – महासचिव), श्री टेकराज निरौला (नेपाल सीआइएस रुस उद्योग वाणिज्य संघ – उपाध्यक्ष), डा. विमला भण्डारी (विश्व नेपाली साहित्य महासंघ, रुसशाखा – उपाध्यक्ष),श्री खेमराज लामिछाने (नेपाल खेलकूद तथा संस्कृति समाज- अध्यक्ष), डा. विन्दिता लामिछाने (नेपाली नारी निकुञ्ज – उपाध्यक्ष), श्रीमती नीता सिंह (नेपाली नारी निकुञ्ज – सचिव), श्रीकिरण रानाभाट (नेपाली छात्र संघ, जन मैत्री विश्वविद्यालय -अध्यक्ष) का साथै डा. उपेन्द्र महतो, श्री जीवा लामिछाने, डा. बद्री के.सी., डा. एकनारायण चापागाइँ, डा. भरतराज पौडेल, डा. ऋषिकान्त मण्डल, डा. कुमार कार्की, डा. भीष्म आचार्य, डा. सूर्यप्रसाद रिजाल, डा. ध्रुव दास उलक, डा. मनमूर्ति भुर्तेल, श्रीमती सपिला राजभण्डारी,श्री उत्सव अमात्य लगायत गण्यमान्य महानुभावहरू समाविष्ट हुनुहुन्छ ।
प्रथम बैठकले रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशत वार्षिकी समारोह मनाउने सन्दर्भमा रूसको कालुगा अञ्चलमा अवस्थित एत्नोमिरअन्तर्गत निर्मित “नेपाली घर” को प्रांगणमा आदिकवि भानुभक्त आचार्यको प्रतिमा स्थापनार्थ पहल गर्ने, हाम्रा आदिकविको भावनात्मक प्रतिमास्वरूप आदिकविप्रति समर्पित निम्न पुस्तकहरू (नेपालका विभिन्न स्थानहरुबारे भानुभक्तदेखि अहिलेसम्मका विभिन्न नेपाली कविहरूका प्राप्त कविताहरूको सङ्ग्रह “काव्यमय नेपाल”, नेपाली वाङ्मयमा प्रयुक्त उदाहरण सहित नेपाली भाषाका विरल शब्दहरुको संग्रह ‘शब्दमञ्जुषा’, रूसी नेपालविद्हरूका नेपालविषयक विभिन्न लेखहरूको सङ्ग्रह’रूसमानेपालकोविम्ब’ का साथैरूसीभाषामामैथिलीलोकसाहित्यको सङ्ग्रह ‘गोनुझाका कथा कुथुङ्ग्री’,रुसी कवि इगोर एलिसेएभले नेपालयात्राको अनुभूतिको आधारमा रचना गरेका तथा अन्य केही कविताहरूको नेपाली अनुवादसहित द्विभाषिक कविता-सङ्ग्रह “स्वर्गद्वारीको पुल”को प्रकाशनका अतिरिक्त रूसी भाषाका पत्र-पत्रिकामा आदिकवि भानुभक्तप्रति समर्पित लेखहरू पनि प्रकाशित गर्ने सम्भावित कार्यक्रम निरूपित गरेको छ ।
सदस्यसचिव :
डा. मणिराज पोखरेल
मिति : १७ मार्च २०१४ ।