दमासकस चैत्र १७,
सिरियाली सरकारी अधिकारीहरूले मुलुकको दक्षिणी प्रान्त दाराबाट पाँचजना विद्रोहीलाई मुक्त गरेका छन् ।
यसअघि ती विद्रोहीलाई सिरियाली सैनिकले कब्जामा लिएको उनीहरूले सेनासमक्ष आत्मसमर्पण गरेपछि विद्रोही सङ्गठनसँग मेलमिलाप गर्ने समझदारीको वातावरण बनाउन मुक्त गरिएको राज्यद्वारा सञ्चालित साना समाचार समितिले जनाएको छ ।
ती विद्रोहीहरूलाई दाराको सानामेन नगरमा एक समारोहको आयोजना गरी विद्रोही नेता ग्रान्ड मुफ्ति अहमद हसनको उपस्थितिमा मुक्त गरिएको थियो । विद्रोही नेता हसनलाई सरकारी भाषामा ‘आतङ्कवाद’ मा नलाग्ने सरकारलाई समर्थन गर्नुपर्ने शर्तमा छाडिएको समेत जनाइएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप मन्त्री अलि हैदरले विद्रोहीहरूसँग सिरिया सरकारले नरम व्यवहार अपनाएको र विद्रोहीहरूको धेरै ठाउँमा हार भइसकेकोले समस्यालाई अब ‘मृत विन्दू’ मा पु¥याउनु पर्ने बताए ।
सिरियाले केही सातायता विद्रोहीहरूसँग मेलमिलाप र सहमति कायम गरी हिंसा हत्या तथा झगडा समाप्त गर्नुपर्नेमा जोड दिँदै आएको हो ।
सिरिया राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सन् २०११ को मार्चबाट शुरु भएको जनआन्दोलनको क्रममा सिरियामा एक लाख ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने लाखौं व्यक्ति अपाङ्ग र घाइते भएका छन् ।
यसैगरी द्वन्द्वको कारण लाखौं व्यक्ति स्वदेश र विदेशमा शरणार्थीको रुपमा शरण लिन पुगेका छन् । एजेन्सी :