रत्ननगर १७ फागुन
शिशिर सिंखडा : पूर्वी चितवनको रत्ननगरमा आजवाट जिल्ला स्तरीय खुल्ला बुद्धिचाल प्रतियो
गिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना एवम् जिल्ला
बुद्धिचालन संघको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता भाली आईतवार सम्म
चल्ने छ ।
प्रतियोगिताको आज एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका
निर्वतमान अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो
। जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालको
अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शहीद स्मृति बहुमुखी क्याम्पस
रत्ननगरका क्याम्पस प्रमुख कृष्ण प्रसाद सुवेदी,जिल्ला बुद्धिचाल संघका को
षाध्यक्ष पुष्पलाल श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।