खैरहनी १७ फागुन
शिशिर सिंखडा : पूर्वी चितवनको पर्सा बजारमा आजवाट स्कीम एजुकेशनल कन्सल्टेन्सी सुभार
म्भ गरिएको छ । अष्टेलियाको विश्व विद्यालयमा पाँच बर्ष अध्ययन
गरी फर्किएका सुधीर डल्लाकोटी र रमेश पाण्डेले सो कन्सल्टे
न्सी सञ्चालनमा ल्याएका हुन ।
कन्सल्टेन्सीको आज एक समारोहका बीच रत्ननगर उद्योग वाणिज्य संघका
अध्यक्ष दीपककुमार कर्माचार्यले रिवन काटेर उद्घाटन गर्नुभएको थियो
। सो अवसरमा उहाँले विदेशमा बसेर आएका युवाहरुले खोलेको कन्सल्टे
न्सीले युवाहरुलाई विदेश पठाउन विश्वसनीय काम गर्नेमा आफु विश्वस्त र
हेको बताउनुभयो ।
सो कन्सल्टेन्सीले अष्टेलियामा विद्यार्थी भिसामा जान
चाहाने विद्यार्थीहरुलाई मध्यस्थताको काम गर्नुका साथै उनीहरुलाई
आइएलटीएसको शिक्षा समेत प्रदान गर्ने छ ।
उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक नगर प्रमुख नार
ायण वन,नेकपा एमाले क्षेत्र नम्वर २ का अध्यक्ष कृष्ण कुमार डल्लाकोटी
लगायत पर्सा तथा रत्ननगरका व्यवसायीहरुको सहभागीता रहेको थियो ।
विगत ७
बर्ष अगाडी काठमाडौंमा समेत कन्सल्टेन्सी सञ्चालन गरी सफल भएका
डल्लाकोटी तथा पाण्डेले सञ्चालनमा ल्याएको सो कन्सल्टेन्सीवाट विदेश
जान चाहाने युवाहरुले फाईदा लिन सक्ने छन ।