काठमान्डू फागुन २१,
लक्ष्मी ज्ञवाली : आज २१ औ शताब्दी बिश्वासको भरमा चलेको छ । बिश्वासकै आधारमा समाजमा ठुला ठुला प्रगती र परिवर्तनहरु पनि भइराखेका छन । तर नेपाली महिलाहरुले गर्ने ब्यबहार , उनिहरुले जीवन निर्वाहका लागी अपनाउने पेसा , उनिहरुको क्षमता , कार्यकुशलता आदी जस्ता कुराहरुलाई लिएर बारम्बार अनेकौ शंका र उपशंका गर्ने गरिन्छ ।
महिलाहरुले सत प्रतिशत राम्रो काम गर्छन र उनिहरुको कार्यको कुनै अवलोकन गर्नु पर्दैन भन्न खोजिको भने पक्कै होईन । मानिस सर्वश्रेष्ठ प्राणी मानिए पनि सर्व गुण सम्पन प्राणी भने होईन । गल्ती मानिस बाटै हुन्छन कहिले जानी जानी त कहिले अन्जान रुपमै । कुनै ब्यक्तीले के गल्ती गर्यो ? के कारणले गल्ती हुन गयो ? वा सो गल्तीमा कुनै सत्यता छ कि छैन ? वा निराधार आरोप मात्र हो भन्ने कुराको राम्रो छानविन र पुर्ण जानाकारी विना हतास पुर्ण मनस्थितिमा कसैको ब्यबहार र कार्य शैलिको टिका टिपप्णी गर्नु ठुलो मानबिय भुल हो ।
हाम्रो समाजमा महिलाहरुको लागी गरिने ब्यबहार र हेरिने परिस्थितिमा अझै पनि मानसिक दरिद्रता कायमै छ ।
लैंगिक भेदभावको चपेटामा परेका महिलाहरु पुर्ण बिश्वास , अवसर, सामाजीक र पारिवारिक संरक्षण पाएका पुरुषहरु संग संगै उहि मैदानमा उत्रनु र आत्मनिर्भरताको बाटो पहिल्याउन खोज्नु पक्कै पनि असहज वातावरण बिचको चुनौती हो । आज अनेकौ चुनौती बिच पनि अशिक्षित देखी लिएर शिक्षित सम्म सबै खाले महिलाहरु समाज सेवा देखी स्वदेशी तथा बैदेशिक रोजगार सम्म आफुहरुको सहभागीता गराइरहेका छन । अवसरको खोजिमा हिम्मत बटुलिरहेका छन । महिलाहरुमा देखिएको यो अग्रसरताको यो शुरुवातलाई सकारात्मक रुपमा लिएर थप सहयोग रुपी प्रोत्साहन गर्नु पर्ने ठाउमा सही बिश्लेषण नगरी, राम्रो र नराम्रो पक्ष लाई नकेलाई एकै पटक उनिहरुमाथी चारित्रीक अभियोग र ब्यबहारीक अपारदर्शिता जस्ता आरोप लगाइ सफाइको कठघरामा उतारिन्छ जसको कारण ले महिलाहरु अग्निपरिक्षा दिन बाध्य हुन्छन ।
कतिपय निर्दोश महिलाहरु माथी गरीएको आरोप र शंकाले र उनिहरु लाई आफ्नो हात मुख जोर्ने पेसा नै छोडेर पुन आ आफ्नो आत्मविश्वासलाई एक कदम पछाडी धकेल्न बाध्य पारिएको छ भने कतिपयको जीवन नै अभिशाप सिद्द भएको छ ।
संचार माध्यम मार्फत चर्चित लोक गायिका बिमा कुमारी दुराको कथन अनुसार आफ्नै परिवारले लगाएको आरोपका कारण आफ्नो गायन क्षेत्र बाट ओझेलमा परेकी छन् । उनीसंग आफु माथिको आरोपलाई खण्डन गर्ने न त सामाजिक वातावरण छ, न त पारिवारीक समर्थन नै , न त समाजले उनि माथिको अन्याय लाइ न्याय दिलाउने चासो नै राख्दछ । फलस्वरूप आफुलाई अग्निपरीक्षामा उतार्दै गायन पेसा नै छोड्नु उनको बाध्यता र बिबसता हुन पुग्यो भने उनका प्रशंशक हरु पनि निकै लामो समय देखी उनका नया गीत सुन्न पाउनु बाट बन्चित हुनु पर्यो ।
अर्को तिर आफ्नै सन्तान बाट अपहेलित भइ सडकमा पुगेका बृद्द बृद्दाहरु लाई आफ्नै निजी घरमा आश्रय दिएर हाम्रो समाजको पहिलो उदाहरणिय समाज सेवी बन्न पुगेकी दिलशोभा श्रेष्ठ लाई कुनै गहन अनुशन्धान बिना नै यौन दुराचार जस्तो समाजकै कलंकित आरोप लगाइयो । यी दुबै महिला आफ्नो कारणले आरोपित बनेका होईनन । आरोप यही समाज बाटै लगाइएको हो र उनिहरुको निस्वार्थी भावना र निर्दोष ब्यक्तित्वलाई आरोप र प्रत्यारोप को धारिलो प्रहार हुन पुगेको छ । जब बिना कुनै कारण पनि आफु प्रती हेर्ने दृष्टिकोणमा नकारात्मकता फैलिन्छ भने सामान्य मानिसको मस्तिस्कमा नराम्रो छाप पर्छ नै ।
प्रश्न समाज तिर नै पुन फर्किन्छ कि - आज महिलाहरुले गर्ने हरेक कार्यमा कुठाराघात गरिन्छ भने यही समाजमा भोली कसरी जिउन सक्छ्नन ती महिलाहरु ? बिमा कुमारी दुरा र दिलशोभा श्रेष्ठ जस्तै हाम्रो समजमा थुप्रै महिलाहरु आफु माथी लगाइएको चारित्रीक अभियोग सहन नसकी अलपत्र र घरबार बिहिन हुन बाध्य भएका घटनाहरु कायम नै छ्न तर उनिहरु माथीको अभियोग लाई सही भए कारवाही र गलत भए झुठो सावित गरी उनिहरुको मार्ग खुला गर्ने तिर कसैको ध्यान नै पुगेको देखिदैन ।
फलस्वरुप महिलाहरु माथी गरिने अबिश्वासले निरन्तरता पाइरहेको छ भने आफुहरु माथी लगाइने अभियोगको प्रतिकार स्वरुप अग्निपरिक्षामा आफुलाई उभ्याउनु महिलाको जीवनको पाटो बन्न पुगेको छ । यसरी महिलाहरु आफ्नो ब्यक्तिगत उत्थान अथवा समाजमा आफ्नो पहिचान बनाउनका लागी हरेक बिकृती र बिसंगती सँग जुधिरहनु पर्ने र अग्निपरिक्षा दिइरहनु पर्ने हो भने नेपाली समाजमा महिला समानता र सहस्तित्वको कल्पना गर्न असम्भव प्राय देखिन्छ । सबैलाई चेतना भया !!