एटलान्टामा बसन्तको 'विश्व काब्य यात्रा' भब्यताको साथ सम्पन्न I

भर्जिनिया चैत्र ६, 

विजय थापा : गत चैत्र २ गते आइतबार अमेरिकाको एटलान्टा शहरमा न्याग द्वारा आयोजना गरिएको कबि, गीतकार एबं साहित्यकार बसन्त चौधरीको " विश्व काब्य यात्रा " भब्यतापुर्बक सम्पन्न भएको छ 

अमेरिकाको भ्रमणमा साहित्य यात्रालाई निरन्तरता दिदै यहि शिलशिलामा एटलान्टा आई पुगेका बसन्त चौधरीले विश्व काब्य यात्रा '' संस्करणमा यस पटकको यात्राको लागि अन्तिम शहर एटलान्टामा अन्तिम प्रस्तुति गर्दै यात्रा पूर्ण बिराम गरेका छन्  उक्त कार्यक्रममा कबि,गीतकार एबं साहित्यकार बसन्त चौधरीको बहुआयामिक झल्किने एक वृत चित्र प्रस्तुत गरिएको थियो भने २ दर्जन भन्दा बढी सांगीतिक अल्बम र नया काब्य गीति रचनाहरु अहिलेको अत्याधुनिक संचार माध्यम थान (स्मार्ट मोबाइल (भ्रमण ध्वनि यन्त्र )बाट हेर्न र सुन्न सकिने गरि तयार पारिएको " मोबाइल याप्स " समाज सेबी तथा नेपलिज एसोसिएसन इन साउथ इस्ट अमेरिका ( नासा )का निबर्तमान अधक्ष्य राजा घलेले लोकार्पण गरेका थिए 

गीतकार तथा कबि चौधरीले लगातार ४५ मिनेट सम्म आफ्नो सृजना प्रस्तुति गर्दा दर्शक र श्रोताहरुको निक्कै अभिरुचि पुर्वक श्रवण गर्न बाध्य भएका थिए भने दर्शकले पुन कविता वाचन गर्न आग्रह गरेका थिए  सम्भवत कविता वाचनमा पहिलो पटक कबिलाई यसरि पुन कविता वचन गर्न आग्रह गरिएको थियो  कार्यक्रमको बिच र अन्तिम चरणमा अन्तरक्रिया कार्यक्रम रहेकोले अरु थप मनोरंजन प्रदान गरेको थियो भने नासाका अधक्ष्य राम चन्द्र बराल (बिध्या वारिधि ) र समाजसेबी प्रह्लाद पन्त (बिध्या वारिधि ) द्वारा इ -पुस्तकको बिमोचन गरेका थिए  

सोहि अवसरमा नासाका निबर्तमान अधक्ष्यहरु क्रमस राजा घले र सन्जीब सापकोटा , बर्तमान अधक्ष्य डा .राम चन्द्र बराल , नेपलिज एसोसिएसन अफ जोर्जिया ( न्याग ) का निबर्तमान अधक्ष्यहरु क्रमस सी,के पराजुली ,प्रणय लामा ,अधक्ष्य कृष्ण देबकोटा र समाजेसेबी डा .प्रहलाद पन्त र दीपक पहारी द्वारा खादा ओडाएर सम्मान गरेका थिए  उक्त अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो भने नेपालका चर्चित उज्जु डारलिंगले दर्शकलाई मनोरंजन गराउदै हसाएका थिए  

अमेरिकाको पेन्सेल्वेनिया र मेरिल्याण्ड राज्यको लागि अवैतनिक बाणिज्यदुत तथा नेपाली लोक संगीतको बरिस्ठ गायक प्रेम राजा महत र ख्याति प्राप्त दोहारी गायिका शान्ति भण्डारीको प्रस्तुतिले मन थाम्न नसकी दर्शकले साथ दिएका थिए  उक्त अवसरमा न्यागका अधक्ष्य कृष्ण देबकोटा र चौधरी बीच मायाको चिन्हो आदान प्रदान गरेका थिए  उक्त संस्थाका बरिस्ठ उपाधक्ष्य सन्तोष पहारीले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तब्य अधक्ष्य कृष्ण देवकोटाले गरेका थिए 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com