काठमान्डू चित्र ६,
मानसिक रोगः महिलामाथि झन् ठूलो बोझ पहिलो सन्तान भएपछि धादिङकी कविता विरक्त भइन् । लोग्नेले उनको उपचार गराउनुको सट्टा हेला गर्न थाले । बिस्तारै उनको समस्या बढेर कडा खालको मानसिक समस्यामा परिणत भयो । त्यसको एक बर्ष नपुग्दै उनका लोग्नेले अर्का बिहे गरे । त्यसपछि त उनी जसलाई भेट्यो उसलाई पिट्न र आप्नै कपडा च्यात्न थालिन् ।
बल्ल उनको उपचार गरियो । काठमाडौं ल्याएर उपचार गरेपछि अहिले कविता स्वस्थ छिन् तर उनी घरबाट खेदिइन् । सौता र लोग्नेको दुव्र्यवहार सहन नसकेपछि उनी भाइस“ग बसेकी छन् । सानोतिनो व्यापार गरेर पालिएकी छन् । मानसिक रोगले गर्दा धेरै महिलाले सामान्य जीवन बिताउन पाएका छैनन् । महिलामाथि गरिने भेदभाव र हिंसाले मानसिक रोगको असर कहालीलाग्दो बनाएको छ । नेपालमा मानसिक समस्याबाट पुरुष भन्दा महिला बढी पीडित छन् । सामुदायिक मानसिक स्वास्थ्य केन्द्र, नेपालले सन् २०११ र ०१२ मा १२ वटा जिल्लामा गरेको सर्वेÔणअनुसार नेपालमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुÈले मानसिक समस्या भोगेका छन् ।
मानसिक रोगीलाई सहयोग गर्ने संस्था कोसिस नेपालका मातृका देवकोटाका अनुसार कडा मानसिक रोगीमध्ये दुई तिहाइ महिला छन् । मानसिक अस्पताल लगनखेलका मानसिक रोग विशेशज्ञ डा. अनन्त अधिकारीका अनुसार महिलामा मानसिक समस्या बढी देखिनुको एउटा कारण उनीहरुको शारीरिक बनोट हो । सुत्केरी भएको आठ सातासम्म हर्मोन फेरिनाले महिलामा डिप्रेसन, साइकोसिसजस्ता मानसिक समस्या देखा पर्न सक्छन् । ‘एक सय सुत्केरीमध्ये २५ जनालाई साइकोसिस हुनसक्छ ।’ कोसिस नेपालकी नर्स शोभा गुरुङ भन्छिन् । डा. अधिकारीका अनुसार महिनावारी शुरु हु“दा र रोकि“दा पनि महिलामा मानसिक समस्या आउन सक्छ ।
महिलामा मानसिक समस्या बढी र चर्को हुनुको मूल कारण भने महिलाप्रतिको भेदभाव र हिंसा हो । अध्यÔ देवकोटाका अनुसार मानसिक समस्या भएका महिलालाई परिवारले उपचार गराउनुभन्दा थप हिंसा दिने भएकाले महिलाले पुरुÈले भन्दा बढी मात्रामा कडा मानसिक बिराम भोग्नु परेको छ । नेपाल जर्नल अफ मेडिकल साइन्सेसमा प्रकाशित डा. जे.बी. खत्रीलगायतको लेख ‘एन इपिडेमियोलजिकल स्टडी अफ साइक्याट«िक केसेस इन अ रुरल कम्युनिटी अफ नेपाल’ का अनुसार महिलामा (४२ प्रतिशत) मानसिक समस्याका लÔण पुरुÈ (२८. ५) मा भन्दा बढी भेटिएका थिए तर अस्पतालमा आएर उपचार गर्नेहरुमा पुरुष बढी हुन्छन् । मानसिक अस्पताल लगनखेलमा आर्थिक बर्ष ०६७÷०६८ यताका तीन बर्षमा उपचारका लागि आउनेमध्येमा पुरुश ४६ हजार ९० जना थिए भने महिला ४० हजार ४ सय ४६ मात्र ।
गाउ“मा स्वास्थ्य शिविरमा निःशुल्क उपचार गराउनेमा चाहि“ पुरुश भन्दा महिला बढी हुन्छन् भनी उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु बताउ“छन् । पुरुÈलाई भन्दा महिलालाई मानसिक रोग लाग्नुको ठूलो कारण घरमा महिलालाई दिइने शारीरिक तथा मानसिक पीडा पनि हो । विदेशमा काम गरेर फर्किएका महिलाहरुको संस्था पौरखी नेपालका मञ्जु गुरुङका विचारमा महिलाले भोग्नु परेका मानसिक समस्याको मूल जरो यौन हिंसा, घरायसी हिंसा हुन् । ओरेक नेपालका अनुसार २०७० साल माघमा मात्र नेपालमा महिलामाथि हिंसाका २ सय ५९ वटा घटना पत्रपत्रिकामा छापिएका थिए । तीमध्ये १ सय ३६ वटा घटना लोग्ने वा घरका अरु मानिसले कुटपिट गरेका, मानसिक यातना दिएका, घरबाट निकालेका र गालीगलौजस“ग सम्बन्धित थिए ।
लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन तथा दक्षिण अफ्रिकी मेडिकल काउन्सिल र विश्व स्वास्थ्य संगठनले तयार गरेको एक रिपोर्टका अनुसार विश्वका ३५ प्रतिशत महिलाले आप्नो जीवनकालमा लोग्ने वा अरु कुनै पुरुश बाट यौन तथा शारीरिक हिंसा भोग्नु परेको छ । त्यस्ता हिंसाले गर्दा महिलामा मानसिक तथा शारीरिक जोखिम बढ्दै गएको सो रिपोर्टमा जनाइएको छ । नेपालमा मानसिक रोगको शुरुका अवस्थालाई रोग नै मानि“दैन । जटिल भएपछि मात्रै उपचार गर्ने चलन छ । धेरैजसोले देउता लाग्यो, भूत लाग्यो भनेर धामीझा“क्री लगाउने गर्छन् । निको नभएपछि घरमा बा“धेर राख्छन् । यो कुरा महिला–पुरुश दुवैका हकमा लागू हुन्छ । शिक्षित र धनी परिवारका पुरुशले त यस्तो उपचार पाउ“छन् तर महिलाले उपचार पाउन कठिन छ ।
मुलुकी ऐनको बिहेबारीको महलमा ‘स्वास्नी निको नहुने गरी बौलाए’ भने लोग्नेले अर्कीस“ग बिहे गर्न पाउने व्यवस्था छ । यसको आडमा मानसिक समस्या भोगेका महिलाका लोग्नेले सहजै अर्को विवाह गर्न वा सम्बन्ध विच्छेद गर्न पाउ“छन् । यसले गर्दा सामान्य उपचारपछि निको हुने अवस्थाका महिलाले थप पीडा भोग्नुपर्छ, उनीहरुको बिराम झन् जटिल हुन्छ । धादिङकी सम्झना र उनका लोग्नेले चार–पा“च बर्ष सम्म तरकारी खेती गरे । त्यसबाट बचाएको पैसाले उनीहरुले होटल र किराना पसल चलाए । ग्राहकले उधारो खाएर पैसा नतिरेकाले उनीहरुको सबै पैसा डुब्यो । त्यसको चिन्ताले सम्झनालाई मानसिक बिराम लाग्यो । उनी ‘म त चुर्लुम्मै डुबे“, सकिए“’ भनेर एक्लै बर्बराउन र टोलाउन थालिन् । उनलाई आप्mना दुई सन्तान र लोग्नेको वास्ता हुन छाड्यो । त्यसपछि उनका लोग्नेले छोराछोरीलाई खाना नखुवाएको र घरको रेखदेख नगरेको भनी दिनहु“जसो कुटपिट गर्न थाले ।
केही समयपछि उनका लोग्नेले अर्को बिहे गरे । ‘उहा“ (लोग्ने) बिरामी हुनुभएको भए म अर्को बिहे गदिर्नथे“’, सम्झना भन्छिन्, ‘महिलाको जीवन त जुठेल्नाको टपरीजस्तो रहेछ ।’ क्लिनिकल साइकोलोजिस्ट लीला खनालका अनुसार न्युरोसिस भएको मानिसमा खिन्न हुनेजस्ता लÔण देखिन्छन् । डिप्रेसन भएका बिरामीले उपचार पाएन भने उसले कि आत्महत्या गर्छ कि त विÔिप्त बनेर सडकमा निस्कन्छ । लोग्नेले अर्को बिहे गरेर लोग्ने अनि सौताको यातना खप्नु परेपछि सम्झना बर्बराउ“दै सडकमा हि“ड्न थालेकी थिइन् । नेपालमा कति महिला यस्तो अवस्थामा पुगेका छन् भन्ने आ“कडा नभए पनि धेरै महिलाले यस्तो गरेको देखिन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार ०६६÷०६७ पछिका चार वर्Èमा नेपालमा ६ हजार ८ सय २६ महिला र बालिकाले आत्महत्या गरेका थिए ।
डाक्टरहरुका अनुसार बेलैमा मानसिक रोगको उपचार पाएका भए यीमध्ये धेरैले त्यसो गर्ने थिएनन् । डा. अधिकारीका अनुसार मानसिक रोगहरुले पार्ने असर, पीडा कुनै अन्य शारीरिक रोगहरुको भन्दा कम हु“दैन । विश्व स्वास्थ्य संगठनले मानिसमा पार्ने खराब असर र समस्याको आधारमा तयार पारेका प्रमुख १० मध्ये पा“चवटा मानसिक रोग छन् । सो संगठनका अनुसार सन् २०२० सम्ममा डिप्रेसन मुटु र फोक्सोका रोग तथा सङ्क्रमणलाई जितेर सबैभन्दा ठूलो स्वास्थ्य समस्या बन्ने अनुमान गरेको छ । बेलैमा उपचार र राम्रो पारिवारिक वातावरण पाउने हो भने मानसिक बिरामीले सम्झनाको जस्तो अवस्था भोग्नु पर्दैन । नियमित रुपमा औÈधि खुवाएमा र माया–ममता दिएका खण्डमा जटिल अवस्थामा पुगेका बिरामीलाई पनि सामान्य अवस्थामा फर्काउन सकिने कुरा मनोचिकित्सकहरु बताउ“छन् ।
क्लिनिकल साइकोलोजिस्ट शुश्मिरा अर्यालका विचारमा बिरामीको समस्या बुझेर सङ्गीत, नाच आदिका माध्यमबाट उपचार गरी तीनदेखि चार महिनासम्म परामर्श दिएमा बिरामीलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ । लोग्ने र सौताबाट अनेक हन्डर पाएकी, धेरै मानिसबाट बलात्कृत भएकी बालकुमारीलाई कोसिस नेपालमा ल्याइपु¥याउ“दा उनी कडा प्रकृतिको मानसिक रोग भोगिरहेकी थिइन् । त्यहा“ केही महिनाको उपचारपछि उनको समस्या घट्यो । विशेÈज्ञबाट नियमित परामर्श पाएपछि हाल उनले सामान्य समस्या मात्र भोग्नु परेको छ । धादिङकी सम्झना पनि १८ दिन बसेर उपचार गरेपछि स्वस्थ भएकी छन् । मानसिक स्वास्थ्यको समस्या सहजै कम गर्न सकिने भए पनि नेपालमा यो काम निकै अप्ठ्यारो भएको छ । एक त बेलैमा उपचार नगराउने चलन छ ।
अर्को, प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्ला अस्पतालमा मानसिक रोग चिन्ने र परामर्श दिने विज्ञ छैनन् । त्यसैले बिरामीहरु समस्या पालेर बस्न बाध्य छन् । डा. अधिकारीका अनुसार नेपालमा मानसिक रोग विशेÈज्ञ ६०–७० जना मात्र छन् । मानसिक अस्पताल पनि चारवटा मात्र छन् । अहिले नेपालमा यस विÈयमा पढाइ शुरु भएको छ । यसले गर्दा केही वर्Èभित्रैमा चाहिने जति विज्ञ त तयार होलान् तर उपचार नगर्ने आम प्रचलन र महिलामाथि हुने हिंसा नहटेसम्म विज्ञ तयार भए पनि महिलाले मानसिक समस्याबाट मुक्ति पाउने छैनन् । (सञ्चारिका अनलाइनबाट)