लसएन्जलस फाल्गुन २०,
सोलोमन नोर्थुपका बुवा दास किसान र भ्वाइलिनबाधक थिए । लामो समय दासी बनेका यिनी पछि मुक्त भए । अपि|mकी मुलका यी अमेरिकीमुक्त दासका छोरा सोलोमनको सन् १८४१ को एक दिन भ्वाइलिन बजाउने जागिर दिन्छु भन्दै वासिङटन डिसीबाट अपहरण भयो ।
भेष बदलेका ती व्यक्ति दास ठेकेदार थिए, उनले सोलोमनलाई लुजियानाको एउटा कपास खेतीमा बेचिदिए । थुप्रै मालिकहरूबाट बेचिँदै काम गरेका सोलोमनले अनेकौं पटक भाग्ने प्रयत्न पनि गरे । अन्ततः १२ वर्षपछि उनले आफू बेचिएको खबर परिवारसम्म पुर्याउन भ्याए, उनी फेरि स्वतन्त्र भए । सन् १८५३ मा मुक्त भएपछि अमेरिकी लेखक डिभिड विल्सनको सहयोगमा उनैले निकालेको आत्मकथा '१२ इयर्स अफ स्लेभ' मा आधारित फिल्मले सोमबार ८६ औं ओस्कार अवार्ड जितेको छ ।
अमेरिकाको लसएन्जलसस्थित डबली थिएटरमा भएको अवार्ड समारोहमा स्टेभ म्याकक्विन निर्देशित यो ड्रामा फिल्मले वेस्ट पिक्चर्स, वेस्ट एक्ट्रेस र वेस्ट एडप्टेड स्त्रिmनप्लेसहित तीन अवार्ड पनि कुम्ल्यायो । यो फिल्मका लागि वेस्ट एक्ट्रेस अवार्ड अभिनेत्री लुपिता नियोङले उचालेकी थिइन् ।
सर्वाधिक अवार्ड थाप्ने फिल्म भने स्पेस थि्रडी ड्रामा 'ग्राभिटी' बन्यो ।
दस विधामा मनोनीत यो फिल्मले अलफोन्सो क्युरोनका लागि बेस्ट डाइरेक्टर अवार्डसहित सातवटा सफलता बटुल्यो । यो फिल्मले सम्पादन, संगीत, ध्वनि सम्पादन, मिक्सिङ र भिजुअल इफेक्टमा पनि उत्कृष्ट अवार्ड थापेको हो ।
'१२ इयर्स अ स्लेभ' जस्तै तीनवटा अवार्ड थाप्ने अर्को भाग्यमानी फिल्म 'डलास वायरर्स क्लब' बन्यो ।
यसबाट म्याथ्यु म्याकनोयले उत्कृष्ट अभिनेता, जारेड लेटोले उत्कृष्ट सहअभिनेतासँगै अड्रैथा ली र रोविन म्याथ्युको समूहले उत्कृष्ट मेकअप तथा हेयर स्टालिङको अवार्ड उचाले । उत्कृष्ट अभिनेत्री भने 'ब्लु ज्यास्मिन' का लागि केट ब्लेनचेट बनिन् । समारोहमा सरिक हुँदा दर्शकहरू उनको सम्मानमा उठेका थिए । एजेन्सी :