भर्जिनिया फाल्गुन २६,
विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना भएको तेक्वान्दो राष्ट्रिय क्यापिटल खुला प्रतियोगितामा बिभिन्न समुहमा भाग लिएका नेपालीहरुले बिभिन्न पदक प्राप्त गर्न सफल भएका छन् ।
यहि फाल्गुन २४ गते भएको उक्त प्रतियोगितामा अमेरिका भरिका बिभिन्न राज्यहरुबाट करिब पाच सय खेलाडीहरुको सहभागी रहेको थियो भने उक्त खेलमा महिला वर्ग समुहमा नेपाली मूलका ब्लाक बेल्ट (कालो फित्ता) ९-१० बर्षका उमेर समुह अन्तर्गत कृषा कार्कीले स्पाइरिङ्गमा प्रथम तथा पुन्सेमा दोश्रो स्थान प्राप्त गरेकी छिन भने यसै गरि ७-८ बर्षको कलर बेल्ट (फित्ता)मा अवि
शी शाह पुन्सेमा प्रथम तथा स्पाइरिङ्गमा दोश्रो स्थान प्राप्त गरेकी छिन् ।
यसै गरि पुरुष वर्ग ९-१० बर्ष समुहमा निकोलस बुढा स्पाइरिङ्गमा दोश्रो तथा पुन्सेमा तेश्रो स्थान हासिल गरेका छन् भने यसै गरि ७-८ बर्षका उमेरका खेलाडी सौर्य बुढाले स्पाइरिङ्गमा प्रथम स्थान तथा पुन्सेमा तेश्रो स्थान हासिल गरेका छन् । नेपालीहरुले ३ वटा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।
उक्त खुला तेक्वान्दो प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रिय निर्णायक कुमार कार्की थिए भने राष्ट्रिय निर्णायकहरुमा राजु तिमिल्सिना ,कृष्ण बहादुर बलाल तथा सुमित्रा परियार रहेका थिए । समुह प्रशिक्षकमा कल्पना कार्की थिइन् । उक्त प्रतियोगिताको आयोजना ग्रान्ड मास्टर एच के ली प्रतिस्ठानको पहलमा भएको थियो भने नेपाली अन्तर्राष्ट्रिय निर्णायक कुमार कार्कीले सम्पूर्ण संचार माध्यमलाई बिशेष धन्यबाद दिएका छन् ।