अष्ट्रेलियामा श्रमिक महिला दिवस सम्पन्न I

सिड्नी अष्ट्रेलिया मार्च 11-2014

अर्चना भन्छिन् कार्यक्रमले सवै उत्साहित बनायो : 

जय कार्की : विकसित देशकोमात्र प्रभाव विकासशील देशमा पर्छ भन्ने छैन, विकासशील देशका नागरिकले पनि विकसित देशका नागरिकसित न्यायसंगत विषयमाथि गंभीर छलफल चलाउन सक्छन् । र, विकासशील देशको समाजोपयोगी कल्चर सिकाउन सक्छन् भन्ने कुराको ठोस प्रमाण हो अष्ट्रेलियाको सिड्नी स्थित ओलम्पिक पार्कको बाइसेन्टेयिल पार्कमा आयोजित १०४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम । 

यसप्रकारका कार्यक्रमहरु नेपालवाट अष्ट्रेलियामा अध्ययन तथा कामको शिलशिलामा बस्तै आएका उत्साही नेपालीहरुले निरन्तर गरिरहेका छन् । विश्वव्यापी गैरआवासिय नेपाली संघका अध्यक्षमा नै विराजमान छन् अष्ट्रेलियन नेपाली शेष घले । उनको राप र तापले अष्ट्रेलियामा बस्ने नेपालीहरु आफुलाई निकै गौरबशाली ठान्दै आएका छन् भने नेपालमा पनि उनको चर्चा गिने चुनेका नेपाली मध्येमा भनेर छापा आईरहन्छ । जसरी गैरआवाशीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई सम्मान गर्दन् त्यत्तिक्कै सम्मान गर्छन् शेष घलेलाई पनि । नेपालीहरु जहाँ जान्छन् आफ्नो देशको गौरबगाथा वताउन र कल्चर सिकाउन विर्सदैनन् । 

चाहे लेवानन र सिरियामा खटेका युएन मिसनका नेपाली सेना हुन या त स्विट्जरल्याण्डमा हिमाल आरोहण सिकाउन गएका हिमाल आरोही शेर्पाहरु हुन या त अरबको तातो वालुवामा काम गर्न गएका नेपाली श्रमिकहरु हुन । यी सवैले आखिर हामी नेपालीकै गौरवगाथा वोकी रहेका छन् त्यसका खातिर श्रम वेचिरहेका छन् । केवल नेपाली भूमिलाई उर्वर वनाउन । यसतै युवा पिंढी अष्ट्रेलियामा भिडिरहेछ नेपाली पहिचानको खातिर । नेपालका खातिर र न्यायिक समाज निर्माण खातिर अनि नेपाली कल्चर विश्वको उत्कृष्ट कल्चरभन्दा भिन्न छैन भनेर । स्मरण रहोस सार्क राष्ट्रहरुमा नेपाल महिला अधिकार दिने राष्ट्रहरु मध्येमा एक नम्बरमा पर्छ जहां ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य छ । त्यसैको नक्कल गर्दै भारतले केही वर्ष अघिमात्र ३३ प्रतिशतको अनिवार्य प्रतिनिधित्व गरायो । 

नेपालमा महिलाहरुले रुढीवाद र पित्रीसत्तात्मक सत्ताको विरुद्धमा शसस्त्र युद्ध लडेर संसारमा उदाहरणीय वनेर देखाई दिए । १९ दिने जन आन्दोलनमा पनि गहकिलो भूमिका खेले । हरेक किसिमको असमानता, पक्षपात र हिंशाका विरुद्धमा नेपाली महिलाहरु संघर्षरत रहेका छन् । सार्क राष्ट्र«हरुमध्येमा महिलामाथि गरिने हिंशा नेपालमा कम भएको छ । पैत्रिक सम्पतिमाथि महिलाले अधिकार पाएका छन् । राज्यको नीति निर्माणको तहमा उनीहरुको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएको छ । राजनैतिक दलहरुमा उनीहरुको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यसको प्रभाव अष्ट्रेलियामा अध्ययन, व्यवसाय तथा श्रमका लागि गएका नेपालीहरुमा पनि राम्ररी परेको छ भन्ने प्रमाण यसपटकको १०४ औं मार्च आठको कार्यक्रम प्रतिनिधिमुलक उदाहरण हो । 

महिला दिवसका दिन भएको सो कार्यक्रमले प्रवासमा वस्ने नेपालीहरुलाई झकझक्याउने काम गरेको छ । महिलामाथि हिंशा गर्न पाईदैन यदि कसैले त्यसो गर्छ भने कानूनले माफ गर्दैन भन्ने सन्देश दिन सफल भएको छ । देश विकास हुंदैमा महिलामाथि हिंसा र भेदभाव हुंदैन भन्ने कुराको कुनै ग्यारेन्टी छैन अतः समानताको लडाई लडिरहनु पर्छ भन्ने पाठ १०४ औ मार्च आठको उपलक्ष्यमा (युएनएइ) ग्ल्ब्भ् द्धारा आयोजित कार्यक्रमले मिठो सन्देश दिएको छ । उक्त कार्यक्रममा महिला अधिकारका वारेमा अष्ट्रेलियामा विद्यावारिधी गरिरहेकी रन्जना रेग्मी र अर्का विज्ञ गंगावहादुर नेम्कुलले महिला अधिकारका विषयमा गर्नु पर्ने कामहरु तथा हिंसाको जडका विषयमा खोजमुलक सामाग्री प्रस्तुत गर्नु भएको थियो । हिंसा र पक्षपातपूर्ण व्यवहारको कुनै सिमानाभित्र कैद नहुने र विकसित र विकासशील दुवै खाले देशमा हुनसक्छ ।

त्यसैले आफ्नो अधिकारका लागि हरदम महिलाहरुले चनाखो रहि आप्mनो अधिकारको प्रयोग गर्नु आवश्यक रहेको वताउनु भएको थियो । यू.एन.एइर्. की प्रमुख भुमा लिम्बुले महिलाहरुको व्यक्तित्व विकासको लागि निरन्तर आफ्नो संस्थाले काम गरिरहने प्रतिवद्धता जनाउनु हुंदै ३ जना वालवालिकाको अध्ययन तथा लालनपालको लागि आर्थिक सहयोग गर्ने सहर्ष घोषणा आयोजित मार्च आठको कार्यक्रममा गर्नु भयो । मार्च आठको कार्यक्रम आयोजक अर्चना कार्कीले मार्च आठको के हो किन मनाउने र यसको विश्वव्यापी महत्व वारे प्रकाश पार्दै हरेक महिलाहरुको शक्तिपुन्ज हो मार्च आठ, मार्च आठ वरावरी अधिकारको आन्दोलन हो मार्च आठ सवै किसिमको हिंसा विरुद्धको आन्दोलन हो । 

मार्च आठको आन्दोलन अमेरिका युरोप, रसिया हुंदै एशिया र हाम्रो देश नेपालमा प्रवेश गरेको थियो भन्नु भयो । मार्च आठको सो कार्यक्रममा सेल रोटी, अचार, चिया, कफी तथा फलफूल लगायतको राम्रो व्यवस्था गरिएको थियो । मार्च आठको यो कार्यक्रमले निश्चित उदेश्य पनि राखेको थियो त्यो हो हिमाली बाल समितिलाई मार्च आठको कार्यक्रमवाट उठेको रकम प्रदान गर्ने । कार्यक्रममा नेपाली समुदायका अग्रज, कलाकार, पत्रकार लगायतको राम्रो उपस्थिति रहेको थियो । सवैले यो मार्च आठको कार्यक्रमलाई निकै फलदायी भएको निष्कर्ष निकालेका छन् भने आयोजक तथा कार्यक्रमकी संचालक अर्चना कार्कीले सहभागी तथा सहयोगी सवैलाई हार्दिक धन्यवाद दिएकी छन् । 

मजदुर अनलाईनसित कुरा गर्दै पूर्व मिस यु.एन.ई. अर्चना कार्कीले “मार्च आठको कार्यक्रम अष्ट्रेलियामा खासै मनाउने नगरिएको रहेछ । यहाँका महिलाहरु सम्पन्न भएकाले मार्च आठलाई मनाउन आवश्यक ठान्दा रहेनछन् । तर अष्ट्रेलियामा पनि महिलमाथि अनेक प्रकारको हिंसा र भेदभाव हुने गरेको खुलासा आफुले विभिन्न पत्रपत्रिका तथा संचारमाध्यमवाट प्राप्त सवै प्रमाणहरु उनीहरु समक्ष प्रस्तुत गरेकाले स्थानीय नागरिकहरुले पनि उत्साह देखाएका थिए” भनिन । फोटो सौजन्य क.नेपाली भिजन अष्टेलिया ख. अर्चना कार्की

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com