फिलिपिन्समा बिहीबार सरकार–विद्रोही शान्ति सम्झौतामा भएको छ I

मनिला चैत्र १४,

सरकार–विद्रोही समूहबीच शान्ति सम्झौतामा बिहीबार हस्ताक्षर भएपछि त्यहाँ ४० वर्षयता भइरहेको द्वन्द्व र हिंसा अन्त्य भएको सञ्चारमाध्यमले जनाएका छन्। 

फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अक्विनो र विद्रोही समूह मोरो इस्लामिक लिबरेशन फ्रन्ट (एमआइएलएफ) का तर्फबाट समूहका अध्यक्ष मुराद इब्राहिमले सम्झौतामा हस्ताक्षर गरेका छन्। चार दशक लामो हिंसामा १०औं हजार सर्वसाधारण मारिएका थिए। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा सरकार–विद्रोही सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतालाई फिलिपिन्सको इतिहासको महत्वपूर्ण उपलब्धिकाका रुपमा लिइएको छ। 

सम्झौतापछि अब त्यहाँको विद्रोही समूहले हतियार त्यागेको सार्वजनिक घोषणा पनि गरेको छ। फिलिपिन्समा जारी हिंसा एसियाकै सबैभन्दा लामो समय चलेको हिंसाका रुपमा लिइन्छ। लामो समयदेखि प्रयासपछि मुस्लिम विद्रोहीसँग वार्ताका लागि प्रयास भइरहेको थियो। सरकारले गरेको अथक वार्ता प्रयास करिब १७ वर्षपछि सार्थक भएको हो। सम्झौताको विद्रोही समूहले पनि स्वागत गरेको छ।

यो फिलिपिन्सका नागरिकको महत्वपूर्ण उपलब्धि हो', सम्झौतामा हस्ताक्षर गरेपछि विद्राही अध्यक्ष इब्राहिमले भने। तर सरकारी र विद्रोही दुवै पक्षले अझै धेरै गर्न बाँकी रहेको भन्दै दिगो शान्तिका लागि गम्भीर गृहकार्यमा दुवै पक्ष लाग्न इब्राहीमले सरकारलगायत सबैसँग आग्रह गरेका छन्। फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापुका अल्पसंख्यक मुस्लिमले छुट्टै राज्य माग्दै ४० वर्षयता सशस्त्र संघर्ष गर्दै आएका थिए। उनीहरूले मिन्डानाओ क्षेत्र पूर्खाका पालादेखि आफ्नो रहेको दाबी गर्दै स्वायत्त र बेग्लै राज्यको माग गर्दै आएका थिए। 

शान्ति सम्झौतापछि त्यहाँ जातीय समूहको बाहुल्यतामा संसदको चुनाव हुनेछ र आफ्नै प्रहरी पनि हुनेछ। साथै त्यहाँ राजस्व उठाउन र स्वायत्त राज्यका रुपमा प्रशासन सञ्चालन गर्न पनि त्यहाँको स्थानीय सरकार स्वतन्त्र रहनेछन्। तर त्यहाँको सुरक्षाजस्ता मामिलामा भने केन्द्र सरकारले नै निर्णय गर्ने गरी शान्ति सम्झौता तयार पारिएको सञ्चारमाध्यमले जनाएका छन्। सम्झौतामा आगामी सन् २०१६ सम्ममा फिलिपिन्सको दक्षिणी मुस्लिम अल्पसंख्यक क्षेत्रमा स्थानीय नेताको नेतृत्वमा चुनाव गराउने र चुनावपछि स्वायत्त राज्यको स्थापना गर्ने उल्लेख छ । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com