नयाँ दिल्ली चैत्र ११ ,
एक उद्योगमा बिष्फोटक पदार्थ पड्किएर उपचार क्रममा मृत्यु भएका पर्वत, घुम्सुङ घर भएका गोपाल काफ्लेको परिवारले १० लाख भारु राहत तथा क्षतीपुर्ती रकमस्वरुप पाउने भएको छ ।
तीन बर्षयता उक्त कम्पनीमा कार्यरत श्रमिक काफ्ले गत जनवरी २६ को राति ओभरटाइम काममा रहेका बेला बिष्फोटमा परेका थिए ।
दिल्लीस्थित प्रवासी नेपाली संघका कार्यालय सचिव गोपाल थापाका अनुसार २५ वर्षीय काफ्लेको मार्च ७ का दिन उपचाररत रहेकै बेला सफदरजंग अस्पतालमा निधन भएको हो । काफ्ले कार्यरत रहेको राजस्थानस्थित सार्प ग्लोबल लिमिटेडमा कम्पनीमा ७० भन्दा बढी नेपाली श्रमिक कार्यरत छन् ।
कम्पनीमा कार्यरत रहेका बेला बिष्फोटनमा परेर उपचारमा लगिएको भएपनि उनलाई कम्पनीले कुनै क्षतिपूर्ती दिइएको थिएन ।
उनको मृत्युपछि गत मार्च १३ को सााझ निगमबोध घाट, यमुना किनारमा काफ्लेको अन्तिम संस्कार सम्पन्न गरिएको सचिव थापाले बताए ।
काफ्लेकी डेढ महिनाकी छोरीसहित श्रीमती र वृद्ध आमा गाउामा छन् । काफ्लेको दुर्घटना र मृत्युपछि पनि उनको कम्पनीसाग नियमित सम्पर्क तथा वार्ता गरेपछि
राहत तथा क्षतिपूर्तीस्वरुप भण्डै १० लाख भारु उपलब्ध गराउने सहमति भएको छ ।
पीडितलाई राहत उपलब्ध गराउन स्थानीय नेपाली समाजका सदस्यहरुले पहल गरेको र गाउाबाट मृतककी श्रीमती दिल्ली आउनासाथ कम्पनीले राहत रकम उपलब्ध गराउने थापाले जानकारी दिए ।
सार्प ग्लोबल कम्पनीले आफ्नो कार्यक्षेत्रमा रहेका सबै नेपाली श्रमिकलाई अबदेखि पेन्सन तथा राहत रकम उपलब्ध गराउने र तलबका साथै खाना पनि उपलब्ध गराउने जनाएको छ । (इकान्तिपुर)