क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा बस्दै आएका एकजना नेपाली ट्याक्सी ड्राइभरले लोटरीमा १९ लाख अमेरिकी डलर जितेका छन् ।
क्यालिफोनिएयाको मेगा मिलियन लोटरीका ६ वटा मध्ये ५ वटा नम्बर मिलाएका ५० वर्षीय महेन्द्र केसीले १९ लाख अमेरिकी डलर हात पारेका हुन् ।
अहिलेको विनिमय दर अनुशार यो झण्डै साढे १८ करोड नेपाली रुपैया हो । महेन्द्रले एउटा मदिरा पसलमा १ डलरको लोटरी टिकट किनेका थिए । झण्डै १० वर्ष अगाडि नेपालबाट क्यालिफोर्नियाको बे एरियामा बसाइ सराई गरेका उनले पहिलेदेखि नै ठूलै लोटरी जित्ने आशा गरेको बताएका छन् ।
उनकी छोरी चाँदनीले आफ्नो परिवारको सपना पूरा हुन लागिरहेको भन्दै खुशी व्यक्त गरिन् । महेन्द्रकी श्रीमति एउटा होटलमा काम गर्छिन् । महेन्द्रका छोरा निरञ्जनले लोटरीबाट जितेको केही रकम हजुरबाको स्वास्थ्य उपचारमा र स्कुलको ऋण तिर्नमा खर्च गरिने बताएका छन् । (खसोखास साप्ताहिक)