यो कुरा ध्रुब सत्य हो कि काम गर्ने को मात्र चर्चा हुन्छ काम नगर्नेको कहिले चर्चा हुदैन । त्यसैले होला यतिखेर खरेलको चर्चा यत्र ,तत्र र सर्बत्र छ । नेपाली संचार माध्यममा सर्वाधिक उनको समाचारले मात्र उच्च स्थान पाई रहेको छ ।
नेपाल भित्र र बाहिर नेपाली समुदायमा सर्वाधिक चर्चामा रहेका काठमाडौं प्रहरी प्रमुख रमेश खरेल झन् चर्चाको शिखरमा पुगेका छन । यस्तो लाग्न थालेको छ कि हाल उनको काम र कारवाहीको समाचार पढ्न पाईएन भने समाचार नै फिक्का हुन् थालेको छ । बिडम्बना यो छ कि असल काम गर्ने लाई गरी खान नदिनु हाम्रो संस्कार बनि सकेको जस्तै लाग्दछ र बुझिन्छ कि यो हाम्रो रगतमा नै छ । खरेल राष्ट्रका एक असल पुत्र हुन र प्रहरीको छबीलाई कुन ठाउँबाट कहाँ पुर्याई दिएका छन् । उनिले धर्म छोडेका छैनन् र कर्तब्यको मार्गमा चलि रहेको देखिएको छ ।
हामी हरेक कुरालाई राजनीति गर्दछौ l हरेक कुरालाई जोडेर दिल्ली सम्झौता र टनकपुर जस्तै मुद्दा बनाउने प्रयास गर्दछौ । तिकडम ,छल कपट ,दोष ,आरोप ,प्रत्यारोप ,खुट्टा तान्ने प्रवृतिमा हामी अल्झियौ भने सदैब नेपाललाई सतीले सरापेको देश भन्न कसैले छोड्ने छैन । राम्रो काम गर्नेको प्रसंशा गर्न सिक्नु पर्छ र अनि मात्र देश र कुनै पनि संगठनको ईज्जत बढ्ने हुन्छ । केहि दिन अगाडी खरेलले दिएको अन्तर्वार्ताले प्रहरी संगठनको छबी र प्रहरी संगठनको ईज्जत आकाशिएको छ । यस कुरामा कुनै दुबिधा छैन । मुलुक भित्र होस् या बाहिर बस्ने प्रवासी नेपालीहरुले मुक्त कण्ठले खरेलको प्रसंसा गर्न चुकेका छैनन र यस्ता खरेल जस्ता व्यक्ति नेपाल आमाले थुप्रै जन्माउनु पर्छ भन्ने सोचाई आई सकेको छ ।
दिल भुषण पाठकले लिएको अन्तर्वार्ता हेरे पछि हामी परदेशमा बस्ने नेपालीहरुमा प्रहरी सेवाले यत्रो ठुलो फड्को मारी सकेछ भन्ने कुरामा बिश्वस्त भएका छन । गत बर्ष मात्र खरेलले अमेरिकाको भ्रमणमा आउदा सार्वजनिक कार्यक्रममा आउन चाहेका थिएनन् तर उनले गरेको कामको उच्च मुल्यांकन गरेका प्रवासी नेपालीले खोजि उनिसंग केहि जान्न ईक्षा राखेकोले नेपाली समुदायले गरेको आग्रहलाई स्वीकार गरेको र भेट्न पाएकोमा गौरब महसुस भएको भन्दै अनौपचारिक भेटघाट गरेका थिए । खरेल जस्ता कैयौ अधिकृत अमेरिकाको भ्रमणमा आउछन तर अरुलाई किन नेपाली समुदायले खोज्दैनन् । उनले गरेको अनुकरणीय काम कसैको अगाडी लुकेको छैन ।
उनले त्यहि बेलामा अमेरिकामा एक संचार कर्मीले अन्तर्वार्ता लिनु पर्ने आग्रह गर्दा आफुले माथिबाट अनुमति लिनु पर्ने हुन्छ भन्दै अन्तर्वार्ता दिएका थिएनन् । केहि समय अगाडी संचार माध्यममा उनीमाथि बोल्न प्रतिबन्ध र माथिबाट आदेश लिनु पर्ने र प्रहरी प्रधान कार्यालयमा गएर अन्तर्वार्ता दिनु पर्ने जस्ता कुराहरु आएको पनि थियो यो कुनै पनि नया कुरा हैन किनभने कुनै पनि कुरालाई प्रस्ट पर्न संचार प्रवक्ता हुन्छ नै । आफु पूर्ण नितान्त पारिवारिक निजि भ्रमणमा आएकोले डिसीमा बसोबास गर्नु हुने दाजुभाई तथादिदीबहिनीहरुहरुसंग भेटघाट गर्न मात्र आएको जवाफ दिएका थिए ।
अनि उनलाई बोल्न अंकुश लगाईएको जस्तो समाचार प्रकाशनको कुनै अर्थ र तुक पनि छैन । हास्यास्पद कुरा चै गान्धीका अहिंसाबाद सिद्दान्त बोकेका नेपाली कांग्रेसको भात्री संस्था नेपाल बिद्यार्थी संघका केहि व्यक्ति संग हतियार सहित पक्राउ पर्दा खरेल बिरुद्ध नारा लगाउने र उनीहरुलाई छोड्नु पर्ने जस्ता नाराले प्रजातन्त्रको वकालत गर्ने दलको भात्री संगठनको क्रियाकलाबले जगत हसाएको छ । म्याद गुज्रेको हतियार लिएर हिडेको व्यक्तिले पशुपतिमा पुजा गर्न त पक्कै गएको हैन होला ? हतियार लिएर धार्मिक कार्यक्रममा भजन गाउन पनि गएका हैनन होला ? के उनीहरुलाई अस्कार पुरस्कारमा प्रयोग गरिने रातो गलैचा बिछ्याएर पुष्प गुच्छा सहित स्वागत गर्नु पर्ने हो कि ?
हतियार भेट्दा प्रहरीले राम्रो काम गरिस स्याबास गरि कूममा धाप मार्नु पर्ने होकी ? हद गर्नु हुदैन र सिमा नाघ्नु हदैन कानुनि राज्यमा कानुनको दायर भित्र रही सम्बन्धित निकायले काम गर्ने कुरामा हामीले टांग आडयाउनु कदापी हुदैन । बन्दुकको अनुमतिमति पत्र भाका नाघी सकेको बन्दुक भेटिदा खरेलले केवल नाम कमाउन गरिएको कारवाही हो भन्ने आरोप अब कसैले विश्वास गर्ने छैनन । यस्तो कुरा सुन्नु पर्दा कन्पट र कन्सिरी तात्नु स्वाभाविक हुन्छ । जो कसैले पनि हरेक बिषयलाई राजनीति बनाउने षड्यन्त्र गर्नु हुदैन । अब हामी शान्त समाज चाहन्छौ ।
अराजक परिस्थितिको हामी खिलाफ छौ र अमन चयन कायम गर्नु प्रहरीको दायित्व हो । उसलाई स्वतन्त्रता पुर्वक काम गर्न दिनु हाम्रो परम दायित्व हुन्छ यसो गरे मात्र अन्य खरेल जस्तै प्रहरी सेवामा आउने र जन्मने हुन्छन । यस्ता आरोप र लान्छना लगाउने परिपाटीको अन्त्य गर्नु पर्छ । प्रजातन्त्र प्रति आस्था राख्ने दलले गलत गतिबिधि बन्द गर भन्न सक्नु पर्छ । ईमान्दार प्रहरीहरुको मनोबल गिर्ने र निरुत्साही गर्नाले वातावरण अशान्तिको भुमरीमा फस्दछा । अब सस्तो नारा बन्द गरौ ।...................................................अस्तु
बिजय थापा
भर्जिनिया, अमेरिका