महतद्वारा चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग I

चितवन (रत्ननगर) चैत्र १७

होमनाथ सापकोटा : चैत पूर्वी चितवनको जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आज सोमवार खाद्यान्न सहयोग प्राप्त भएको छ । 

भरतपुर स्थायी घरभई वैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहनु भएकी कोपिला महतले ५ हजार बरावरको खाद्यान्न सहयोग गर्नुभएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । साथै महतले रत्ननगर–१० मंगलपुरमा बनिर हेको केन्द्रको छात्रवासको लागि खानेपानीको आपूर्तिको लागि ट्याक्की र धारा सहयोग गने र् घोषणा गर्नुभएको थियो । 

उहाँले १ लाख रु पैया बरावरको ट्याक्की र धारा सहयोग गने र् जानकारी दिनुभयो । केन्द्रमा ५० जना चे पाङ वालवालिका आश्रित छन । वालवालिकालाई राख्न मंगलपुरमा भवन निर्माणको काम सुरु गरिएको भएपनि आर्थिक अभावका कारण निर्माण कार्यमा र ोकिने अबस्था आएको केन्द्रका अध्यक्ष केपिकिर ण शर्माले बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com