डिसी अन्तर्राष्ट्रिय महिला दिवसमा ओबामा बिमा सम्बन्धि बहस I

भर्जिनिया फाल्गुन २५,

विजय थापा : डिसी महानगर क्षेत्रको भर्जिनियामा अमेरिका नेपाल महिला संघको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवस अलिक पृथक शैलीमा मनाईएको छ  

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाको हक र अधिकारको चर्चा र उपचर्चा भन्दा पनि अमेरिकामा ओबामा बिमा सम्बन्धि सबैले ज्ञान प्राप्त गर्न सकुन भन्ने उदेश्यले महिला दिवसको अवसरमा ओबामा केयर भन्ने बिषयमा बहस कार्यक्रमको आयोजना गरिएको छ  

सहभागी भएका सबैले धेरै कुरा बुझिएको र धेरै कुरा जान्न मौका आन्वाले गराई दिएकोमा संस्थालाई धन्यबाद दिएका छन्  यहि मार्च ३१ भित्र बिमा नगरेकाहरुले अनिवार्य रुपमा यसको लाभ उठाउनु पर्ने र बिमा नगरे आर्थिक दण्ड बुझाउने पर्ने भएको जानकारी ३० बर्ष देखि स्वास्थ्य बिमा सम्बन्धि काम गरि रहेकी अमेरिकन नागरिक लिजा हुम्स तथा डिसी महानगर क्षेत्रमा बसोबास गरेका लेखा परीक्षक तथा आन्तरिक राजस्व बिभागमा कार्यरत किरण सिटौलाले बिस्तृत जानकारी गराएका थिए  

उक्त कार्यक्रममा प्रश्न उत्तरको पनि राखिएको थियो भने कार्यक्रमको अधक्ष्यता बिष्णु कुमारी थापाले गरेकी थिइन्  कार्यक्रम संचालन संस्था कि पूर्व अधक्ष्य माधवी बस्नेत तथा संस्थाकी संस्थापक सदस्य बिजया शाहले गरेकी थिईन 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com