गजल : By, मान थापा ' बुलन्द'


गजल

बैमानी र झुटको बिरोधिछु म
कुकर्मको गुठको बिरोधिछु म

मिलाप र सद्भाव प्रेम भाव हो
भाईचारा फुटको बिरोधिछु म

ज्ञान गुणले मान्छे राम्रो हुने हो
मन्का कालो सुटको बिरोधिछु म

असायको सेवामा हो पुन्य मिल्ने
पापी आत्मा बूटको बिरोधिछु म

बैमानी र झुटको बिरोधिछु म
 कुकर्मको गुठको बिरोधिछु म

मान थापा ' बुलन्द'
बाग्लुङ गल्कोट
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com