गजल : By, कल्पना पौडेल "जिज्ञासु"


गजल :

उन्को दिलमा प्रित छरी फुल्ने दिन कैले होला ? 
न्यानो उनकै अङालोमा झुल्ने दिन कैले होला ?

लठ्ठै पर्छु हेर्दा पनि तस्विरमा त्यो जादु मुस्कान 
रमाउदै हात समाइ ढुल्ने दिन कैले होला ?

चाँदनीको रोशनीमा जून् जस्तो देख्छु स्वरुप 
चाह रतिको भावनामा खुल्ने दिन कैले होला

दुई मुटुको एउटै धड्कन् बनाएर पिरतिमा 
मिठो प्यारमा पिर ब्यथा भुल्ने दिन कैले होला

एउटै लक्ष्य गतिमा दुबै गन्तब्यमा पुगेपछी 
ईन्द्रेणीझैं रङ्ग फिंजाई घुल्ने दिन कैले होला

कल्पना पौडेल "जिज्ञासु" 
गैडाकोट,४, नवलपरासी
 हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com