गजल : By, मानन्धर अभागी



गजल :

जालिम रहेछौ तिमी नपाउञ्जेल फकायौ
कस्तो स्वार्थी रहेछौ पाएपछि अघायौ

कस्तो चाल रै छ त भएन मलाई पत्तो
होश वा वेहोशीमा कसरी हो खै अटायौ

सँगै बाँच्ने सँगै मर्ने वाचा कसम खाएथ्यौ
पिरतीको भीख माग्दा आज तिम्ले लत्यायौ

कस्तो हुँदो हो पुरुषको जात जनाइ हाल्छ
तिम्लाई भेट्न आउँदा चिन्दिनँ भनी बतायौ

कस्तो त्यो तिम्रो नियति ? अर्कैसँग लागेछौ रे
मर्नु न बाँच्नु बनाइ जिन्दगी भर तड्पायौ ।

 मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com