होली विशेष गजल :
रङ्गी विरङ्गी रङ्गहरूमा पूरा देश रमाउने छ
होली पर्वबाट वञ्चित ती विधवी टोलाउने छ
काल वा अनिकालमा मर्ने त मरेर गै हाल्यो
यस्तै छ हाम्रो समाज सँधैसँधै तड्पाउने छ
हर्षोल्लास उमङ्गै उमङ्ग रङ्गमा रमाउँदै गर्दा
मलाई यस्तो लाग्छ आज कसैलाई झस्काउने छ
हाम्रो संस्कार अपरम्पार रोकेर रोकिन्न प्यार
जसको त्यो खाली सिउँदो यै रङ्गले सजाउने छ
कसैको अधिकारमा हनन् माथि हनन् हुँदैछ
एकदिन न एकदिन खुशीको दिन आउने छ ।
मानन्धर अभागी