गीती गजल : By, सोम कृष्ण श्रेष्ठ



गीती गजल : 

फूलै फूल्को रास थियो, बेला मधुमास थियो
क्या मिठो सुवास थियो, बेला मधुमास थियो

सुनसान रात थियो, त्यो बैंसको मात थियो
त्यहाँ प्रीय पास थियो, बेला मधुमास थियो

हल्का अंग अंग छुँदा, दुइटा मुटु एउटै हुँदा
लामो लामो सास थियो, बेला मधुमास थियो

मिठा मिठा कुरा गर्न, मन्को चाहा पुरा गर्न
हाम्रो एउटै बास थियो, बेला मधुमास थियो

थिए चन्द्र तारा हरू, भए पनि सारा अरू
मात्र उनी खास थियो, बेला मधुमास थियो

फूलै फूल्को रास थियो, बेला मधुमास थियो
क्या मिठो सुवास थियो, बेला मधुमास थियो

सोम कृष्ण श्रेष्ठ
भिनपा २ दोलखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com