गजल :
हामी दुइलाई मिलाइदिने दैव तिम्लाई प्रणाम छ
तिमी बिनाको जीवन मेरो साच्चै पूर्ण बिराम छ
साक्षी छन् चन्द्र जून छामी हेर हृदयमा,
मन मुटुको ढुकढुकीमा तिम्रै अमित नाम छ
बेचैनिले जल्छ दिल केहीबेरको बिछोडमा नि
मेरो आस्था बिस्वास अनि तिमीमै चार धाम छ
तिमी सागर म हु माछा थोपा थोपामा मेरो प्राण
चल्छ श्वास तिमी छौ र नत्र प्रलय अन्जाम छ
यति गहिरो माया दिदै सुम्पिदा नि जिन्दगानी
स्वार्थि मलाई मान्छौ भने तिमीलाई सलाम छ
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४, नवलपरासी
हाल:इजरायल