गजल : By, रोशन खड्का



गजल :

तिम्ले खेल खेली रह्यौ आगो सित पानी सित।
कठैबरी! गरीबको दुखी जिन्दगानी सित।

समयले लुका मारी खेल्दै थियो वसन्तमा।
फूली दियौ तिमी अर्कै मोज् मस्त जवानी सित।

बास बेग्लै गाँस वेग्लै हुँदा हुँदै निष्ठुरीको।
व्यर्थै तस्वीर सजाएछु मुटूको सिरानी सित।

दुर्भाग्य नै थियो शायद् मेरो खुसी लुटीनूमा।
चोखो प्रेम कैद भयो आजाद् भो कहानी सित।

 मेरा प्रेम पत्रहरु जलाएर उडाई दिनू।
मेरो घरमा अघिकार छ बास् बस्न खरानी सित।

झुकाई शीर हिड्नू पर्ने बाटो बन्यो जिन्दगीको।
 हार खायो 'रोशन'ले तिम्रो खिचातानी सित।।

रोशन खड्का
सहरे 8 दोलखा।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com