कोरिया चैत्र १५,
बुदा गौतम : यदि तपाई हामीमा देश र समाज प्रति केहि सकारात्मक र असल काम गरौँ भन्ने खालको भाव जागृत भएर आउँछ भने अहिले आफु सुन्यको अबस्थामाछु यानेकि कमजोरी छु । पहिले आफु पूर्ण सबल र सक्षम भएपछी अनि गरौला भन्दै अर्को साइत कुरेर बसिरहदा आफ्नै जीवनले डाडाकाटिसकेको हामीले थाहै पाउदैनौ ।
बरु आफु जस्तो अबस्था छौ त्यहि अबस्था बाटै ईच्छित कार्यको सुरुवाती गरे निश्चय नै ढिलो चाडो त्यसले सार्थकता अबस्य पाउनेछ । तपाइँ हाम्रो लागि सुभ साइतको उत्तम घडी नै त्यहि हुन सक्छ जति खेर तपाई हाम्रो भित्रि आत्माले नै यसो गर भनेर सिर्जायको हुन्छ र अर्को कुरो तपाइँ हामीले चाहे जस्तो सम्पन्नता कहिल्यै नआउन पनि सक्छ । तपाई हामी जतिनै आय आर्जन त गर्दै जाउला तर अरु उति उतिनै असिमित आबस्यकताका चाङ्हरु चुलिदै जादा जिबिको पार्जन गर्न नभैं नहुने खास खास काम कर्तब्य बाहेक् अरु सबै राम्रा कामहरु भने सधै ओझेलमा पर्न सक्छन ।
अहिलेको अबस्थालाई तपाइँ दुखि र दरिद्रको अबस्था हो भनेर पनि नबुझ्नुहोस्, जे हुनुहुन्छ जस्तो हुनुहुन्छ अहिलेको यो अबस्था नै तपाइको जिबनको सबै भन्दा उच्चतम बिन्दुको श्रेष्ठ अबस्था हो । आर्थिक रुपमा कम्जोर छु भन्नु आफ्नो मनोबल कम्ज्रो बनाउनु हो । आर्थीक त एउटा साधन मात्र हो साध्य होइन । मान्छे दरिद्र स्वाभाबले हुने हो, आर्थिकले होइन । अझ दरिद्र त त्यतिखेर हुनुहोला जति खेर तपाइँ साधारणतया खान बस्न, सुतन हिड्डुल गर्न समेत नसकेर अरुको सहारा लिनु पर्छ ।
जब तपाइँ सुन्यको अबस्था बाटै कुनै राम्रो कामको थालनी गर्नु हुन्छ भने त्याहा सुरुका दिनमा केहि जटिलता र कठिनाइ हरु झेल्नु परे पनि पछी बिस्तारै त्यस्ले सफलताका खुट्किला हरु एक पछी अर्को उक्लिदै १०,२०, ५० हुदै माथि चड्दैजादा अनगिन्ति सफलता र सन्तुस्टीहरु हाता परिसकेका हुनेछन् यदि त्यसो नगरेर पहिले आफ्नो अबस्थालाई ९९ बनाउछु यानेकि आफुलाई सुधार्छु अनि मात्र राम्रो कामको सुरुवाति गर्छु भनेर लाग्नु भयो भने चाहि अक्सर गरि त्यो अबस्था सम्म तपाइँ पुग्दै नपुग्नु होला । कथम कदाचित तपाइले सोचेको त्यस घेरा सम्म पुग्नु भयो रे अनि मानौ सफलता पनि हाता पर्यो अब भन्नुहोस त्यहाँ तपाइले पाउने सफलता भनेको मात्र १ पर्सेन्ट हो ।
उनन्सय बाट सुरु गरि सयमा पुग्दा त्याहा भन्दा माथि जाने ठाउँ नै अरु हुने छैन बरु ओरालो लाग्नु पर्दा भने तपाईका अनगिन्ति ठाउँ हुनेछन । सुन्य बाट सुरु गरेको कार्यमा झर्नु पर्दा सुन्य भन्दा तल झर्ने ठाउँ नरहने हुदा तपाइँ जति जति लाग्ने भनेको उकालो नै हो सफलता नै हो । सुन्यकै अबस्था भए पनि यहि अबस्था बाट तपाइँ आफ्नो लागि भन्दा अरुको लागि केहि गरौ भनि लाग्नु हुन्छ भने त्यहा तपाईका बाटामा तेर्सियका जतिपनि तगाराहरु हुन्छन तपाइले नछोईकन स्वत पन्छियर जानेछन । र, तपाई अरुको लागि बाच्नु हुन्छ भने तपाइले मर्ने ठाउमा अरु तेर्सिनेछन।
परोपकार कार्य भनेको नितान्त निस्वार्थ हुनु पर्छ जहाँ नाम, दाम र सान कहिँ कतै जोडिनु हुदैन । सकारात्मक कार्य सगै नाम जोडिएर आउँछ भने त्यो स्वाभाविक हो । जसले राम्रो कार्य गरेको छ त्यसको सहि मुल्यांकन हुनु पर्छ । तर नाम दाम र सानकै लागि परोपकार गरिन्छ भने त्यो कुनै असली परोपकार नभएर नाम कमाउने एउटा धन्दा मात्र हुन जान्छ बरु यस्तो नाम मात्रको धन्दा गर्नु भन्दा त सुन्दै असुभ लाग्ने किन नहोस त्यो देह व्यापारको धन्दा गर्नुमा बढी पुन्य मिल्ला ।
कुनै नौलो विषय त नहोला तपाइँ हामीले दैनिकी देख्दै र भोग्दै आएको दुख कुरा,पद र पावरको लागि तानातान र हानाहान गर्ने मान्छेको पनि हाम्रो समाजमा कमि छैन म त भन्छु त्यस्ता व्यक्ति हरुले आफ्नो बुढी अर्कैले लग्यो भने पनि रिस नगर्दा ठिक हुन्छ किन भने आफ्नो बुढी लग्नेले त एक चोटी मात्र बैमानी गर्छ । तर पद र कुर्सीमा लिप्त हुने मान्छे ले त जीवनभर अरु माथि बैमानै बैमान गरिरहेको हुन्छ । त्यसकारण यस्ता गलत प्रवृतिहरुलाइ सक भर निरुत्साहित गर्दै लानु पर्छ र त्यो हामी सचेत नागरिकको कर्तव्य पनि हो ।
अहिले हाम्रो समाजमा यस्ता व्यक्ति हरुको खाचो छ जसले देशमा भित्रिएका बिकृति र विसंगति हरुलाई चिर्दै नयाँ सन्देस र नविनतम ताजगी प्रबाह गरोस । आफ्नो लागि भन्दा अरुको लागि बाचोस र अरुकै लागि मरोस । अब हाम त्यस्ता व्यक्तिहरुको सदा खोजिमा पनि नरहौ ताकी अब तपाइँ हामि नै त्यस्ता व्यक्तिहरु जन्माउनु छ । जसको लागि सोचाई सकारात्मक, हेराइ रचनात्मक र गराई परिबर्तानात्मक हुनु पहिलो आबस्यकता हो । यसकारण अब हामी सानो तिनो स्वार्थमा अल्झेर होइन निस्वार्थ भावनाले बिसाल छाती लियर अघि बढौ त्यहाँ तपाई हामीले नसोचेको कार्य हुन सक्छ नआटेको काम पुग्न सक्छ । हामी गौतम बुद्ध र राम बन्न त नसकुँला तर हरि र श्याम बन्ने प्रयास गरौँ । अब यस्ता धेरै हरि र श्याम हरु मिलेर गौतम बुद्द र राम जन्माउँ यहाँ ।