भर्जिनिया माघ २६,
विजय थापा : अमेरिका रक्त संचार केन्द्रका पूर्व अधक्ष्य तथा ११४ पटक भन्दा ज्यादा रक्तदान गरि सकेका अर्जुन प्रसाद मैनालीको नेतृत्वमा रक्तदानलाई नेपाल र विश्व मै व्यापक बनाउने उदेश्य अनुरुप प्रारम्भिक ''अन्तर्राष्ट्रिय नेपाली रक्तदाता ''समिति गठन गरिएको छ ।
परदेशमा रक्तदान व्यापक बन्दै गएको अवस्था र नेपालमा रक्तदानलाई अझ उत्प्रेरणा गर्ने हेतुले कार्यक्रम संचालन गर्न लागिएको एक छापा बिज्ञप्ति मार्फत संस्थाका अधक्ष्य अर्जुन मैनालीले जानकारी गराएका छन् । नेपालमा रक्तदाताहरूलाई प्रोत्साहन र उत्प्रेरणा गराउन ४ जनालाई दामासाहीले रू.एक लाखको नगद पुरस्कारको व्यवस्था गरिने भएको छ। नेपाल रेडक्रस रक्त सञ्चार सेवासँग समन्वय गरि वि.सं. २०७१ सालको वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म रक्तदान गर्नेहरूबाट चयन गरि उक्त पुरस्कारले सम्मान गरिने भएको छ।
नेपालमा थप ५ हजार रक्तदाता वृद्धि गर्नका लागि क्रमवद्ध तरिकाले काठमाडौं उपत्यकाका करिब एक हजार बिद्यालय ,कार्यालय, संघ-संस्थामा गई सानै परिमाणमा भए पनि रक्तदान कार्यक्रम गर्न प्रेरित गर्ने लक्ष्य र नीति लिइएको छ। उपरोक्त कार्यक्रमका लागि रू. दश लाख ५ हजारको बजेट पारित गरिनुको साथै कार्यसमिति गठन गरिएको उल्लेख गरिएको छ । संस्थाले स्थापनासँगै आगामी एक वर्षको कार्यक्रम पनि जारि गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता समितिमा अर्जुनप्रसाद मैनाली, अमेरिका, अध्यक्ष ,अजय सत्याल, अमेरिका, वरिष्ठ उपाध्यक्ष ,गोविन्दसिंह रावत, क्यानाडा, उपाध्यक्ष ,सिता सापकोटा, बेल्जियम, उपाध्यक्ष ,मिलन शर्मा, बेलायत, महासचिब ,सरोज कार्की, नेपाल, सचिव,बिनोद भट्टराई, कतार, कोषाध्यक्ष ,बिनोदप्रसाद मैनाली, अष्ट्रेलिया, सदस्य ,राहुल रेग्मी, भारत, सदस्य ,उत्तम अधिकारी, युएइ, सदस्य ,जीवनाथ पंगेनी, युगान्डा, सदस्य ,प्रशान्त उप्रेती, फ्रान्स, सदस्य,सुजन पंडित, ओमान, सदस्य डम्बरप्रसाद रिमाल, कुवेत, सदस्य राज गौतम, पोर्चुगल, सदस्य ,राजेन्द्र बजगाईं, जर्मनी, सदस्य ,प्रकाश सापकोटा, आयरल्याण्ड, सदस्य ,सौगात गुरुङ, जापान, सदस्य तथा कर्णबहादुर अधिकारि, मकाउ, सदस्यहरु रहेका छन् ।