बछौली कुकुरहरुको बन्ध्याकरणको लागी शिविर सन्चालन I

फागुन १० चितवन,

शिशिर सिंखडा : पुर्वि चितवनको बछौलीमा आज बाट कुकुरहरुको बन्ध्याकरणको लागी शिविर सन्चालन गरिएको छ । ५ दिन सम्म सन्चालन हुने शिविरको पहिलो दिन आज २७ वटा कुकुरको बन्ध्याकरण गरि एको छ ।

एनिमल राइट्स क्लब ,हिमालयन एनिमल रेस्क्यु ट्रस्ट र एनिमल नेपालको संयुक्त आयोजनामा भएको शिविरमा डा सुरेन्द्र बस्याल ,विकास श्रेष्ठ , मुकेश बन्दियार लगाएत ७ जनाले ५ दिन सम्म कुकुरको बन्ध्याकरण गराउने एनिमल राइट्स क्लब का अध्यक्ष सुर ाजन श्रेष्ठले जानकारी दिनुभयो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com