चेपाङ संरक्षण केन्द्रको भवन बनाउन आर्थिक सहयोग I

रत्ननगर १६ फागुन

होमनाथ सापकोटा : चितवनको रत्ननगरमा रहेको गामवेसीको चेपाङ संर क्षण केन्द्रको भवन निर्माणको लागि आर्थिक सहयोग प्राप्त भएको छ । 

बैदेशिक रो जगारीको सिलसिलामा अमेरिका बस्नुहुने काठमाडौ ंको भक्तपुर निवासी विन्दु चौलागाई र र त्ननगर निवासी ललिता रिजाल खनालले केन्द्रको भवन निर्माणको लागि ५ सय अमेरिकी डलर अथार्त ४९ हजार १ सय ७५ हजार नेपाली रुपै या सहयोग गर्नुभएको हो । 

केन्द्रको भवन निर्माणको लागि आर्थिक अभाव भएको समाचार बाहिर आएपछि चौलागाई र खनालले सो सहयोग गर्नुभएको हो । बैंक मार्फत पढाउनुभएको सो रकम आफुले पाईसकेको र भवन निर्माणको काममा लगाउन सुरु गरिसकेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । उहाँले सहयोग दुबैजना प्रति आभार प्रकट गर्दै चेपाङ वालवालिकालाई शिक्षा प्रदातन गर्न थालिएको अभियानमा सहयोग गर्न आवहान समेत गर्नुभयो । 

रत्ननगरको जयमंगलामा घर भाडामा लिएर सञ्चालित सो केन्द्रको भवन अहिले रत्ननगर–१० मंगलपुरमा बनिरहेको छ । दुईकोठे भवन बनाउन सुरु गरिएको र सो भवन बनाउन ७ लाख खर्च लाग्ने अनुमान गरिएको भएपनि अहिले सम्म २ लाख ३२ हजार मात्र सहयोग स्वरुप प्र ाप्त भएको केन्द्रका अध्यक्ष शर्माले बताउनुभयो । 

अभवन निर्माणको लागि आवश्यक पर्ने अन्य रकम अभाव रहेको उहाँले बताउनुभयो । केन्द्रमा अहिले एका तर्फ खाद्यान्न अभाव छ भने अर्को तर्फ भवन निर्माणको लागि आर्थिक अभाव रहेको छ । केन्द्र मा अहिले चितवन र मकवानपुरका ८ जना अपाङग सहित ५७ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com