दिलशोभाको दिल माथी नै प्रहार I

काठमान्डू फागुन १६,

आफ्नो सानो परिवारको ब्यबस्थापन गर्न नसकेर घरको काम काजको लागी काम गर्ने मान्छे राख्ने हाम्रो सौखिन समाजमा दिलशोभा ले जे जसरी ८० , ९० जनाको लागि यौटै घरमा सम्हालेर राखेकी थिइन त्यस बाट समाजले प्रेरणा लिनु पर्ने सट्टामा उल्टै सत्य तथ्य नबुझी उनको दयावान दिल माथी नै ठुलो प्रहार गरियो............ । 

दिल शोभा आफैमा शिक्षित नहुँदा भएका कमी कमजोरीहरु पक्कै होलान तर उनको यो महानता लाई र आत्मबिश्वास लाई थप सहयोग गरी उर्जा मिल्ने कार्य पो गर्नु पर्ने थियो । दिलशोभा लाई यौन दुराचार को आरोप लगाइ सन्सार भरी समाचार फैल्याउनु कती सम्म को अन्याय हो । निर्दोषी लाई अन्याय को प्रहार गर्नु कुनै पनि कानुनी राज्य को दायरा भित्र पर्दैन । । 

एक अशिक्षित महिला जसको बौद्दिक कार्य क्षमता निश्चित दुरी सम्म हुन्छ अथवा उनि शिक्षाको सहयोग लिइ अगाडी बढन नसक्ने अवस्थामा हुन्छिन उनै महिलालाई नै संका र आसंशको दृटिले हेरी अग्नी परिक्षा मा उतार्नु २१ शताब्दी को माग होईन....... । कुनै पनि समाचारको सत्यता १ दिन पनि टिक्दैन भने पत्रकारीतालाई समाज को एैना भनेर कसरी मान्न सकिन्छ....... ? दिलशोभाले आज भन्दा झन्डै दुइ बर्ष अगाडी नै आफुले बृद बृदा र बाल बालिका लाई आफ्नो घरमा राखेको कुरा टेलिभिजन मार्फत भनेकी थिइन । 
अहिले आएर बाल बालिका राख्न आबश्यक पुर्वाधार नभयको भन्दै उद्दार गरेको नाटक गर्ने सरकारले त्यती बेला किन तिनै बालबालिकको अवस्था बारे बुझ्ने चासो देखायन .......? अर्को तिर यौटै घरमा बस्ने बाल बालिका हरु लाई दुर्गन्धित अवस्थामा राखेको भनेर भन्न सक्नेले त्यहाँ राखिएका बृद बृदा लाई पनि त सोही अवस्थामा राखिएको हुनु पर्छ ,उनिहरुको अवस्था के कस्तो छ भनेर वास्ता नै नराखेको पनि त देखियो........... । 

सरकारको नजर नै पर्न नहुने ति बृद बृदाहरुले के नै अपराध गरेका थिए र ........? आफ्ना नागरीकलाई समान ब्यबहार गर्न नसक्ने राज्य लाई कुन उपनामले सम्बोधन गर्न मिल्ने हो कुन्नी ........?

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com