सिमा अवलोकन भ्रमण सम्पन्न I

पर्सा फागुन ४,

अनन्तप्रकाश सुवेदी : पर्सा जिल्लाको ठारी र निर्मलवस्ति गाविस क्षेत्रमा पर्ने भारतिय पक्षबाट अतिक्रमण गरिएको जंगे पिल्लर र वरपरको क्षेत्रको अवलोकन भ्रमण ने कपा माओवादीका केन्द्रिय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख सि पि गजुरे ल गौरवको नेतृत्वमा सम्पन्न भएको छ । 

सो भ्रमणमा नेकपा माओवादी ताम्सालिंग राज्य समिति इन्चार्ज तथा के.स. सुर्यप्रकाश सुवेदी पथिक, के.स. अनिल शर्मा विरही, केन्द्रिय सल्लाहकारद्वय भूमेश्वर कँडेल तथा रामआश्रय र ाम, चितवन जिल्ला सेक्रेटरी गुणराज लोहनि मुकुन्द, पर्सा जिल्ला सेक्रे टरी बालेश्वर यादव, रसुवा जिल्ला सेक्रेटरी ध्रुव लगायत नेकपा माओवादीका नेता कार्यकर्ता, पत्रकार तथा जनसमुदायहरुको वाक्लो उपस्थिति रहेको थियो । 

केन्द्रिय स्तरको नेतालाई नै ठोरीको दुर्गम क्षेत्रमा पाउँदा स्थानिय वासी, इलाका प्रहरी कार्यालय ठोरीका प्रहरीहरु तथा सिमा विवाद पश्चात सो क्षेत्रमा तैनाथ भएको सशस्त्र प्रहरीका जवानहरु उत्साहित भएका थिए । सिमामा आवात जावत र सो क्षेत्रमा खेतिपाति तथा दाउरा घाँस गर्न पनि वर्षाैं वर्ष दुःख झेलिरहेका ठोरी वासिहरु खुलेर बताउँछन् । हाल प्रचलित सिमा क्षे त्र भन्दा धेरै भित्र तत्कालिन राजा विरेन्द्र र महेन्द्र शिकार गर्न आउँदा बस्ने नेपाल कै पहिलो आर सि सि घर मानिएको महल हाल भारतिय सिमा प्र हरीको नियन्त्रणमा रहेको छ । 

सो तथ्यलाई पनि लत्याएर हालै विश्वमा नै लाजमर्दाै रुपमा रहेको नेपालबाट भारत जस्तो ठुलो लोकतान्त्रिक दे शमा योन व्यापारका लागि हुने महिला तस्करी नियन्त्रण गर्न अग्रसर माइति नेपालको लागि सीमा क्षेत्रमा बनाइन लागेको भवन निमार्णको क्रममा भएको विवादले नेपाल र विश्वको नै ध्यान केन्द्रित भयो र सोही विवादले गर्दा आफूँहरुलाई यहाँसम्म तानेको उपाध्यक्ष गौरवले बताउनुभयो । अवलोकन भ्रमणको क्रममा ठोरी गाविसमा पर्ने सहायक पिल्लर तथा निर्मल वस्ति गाविसमा पर्ने जंगे पिल्लको निरिक्षण नेकपा माओवादीका उपाध्यक्ष गौरवबाट भयो । 

सो पश्चात विवादित माइति नेपालको निर्माणकाधिन भवन छे ऊ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गौरवले सिमा क्षेत्रबाट धन्नै आधा किलोमिटर नेपाल भित्र रहेको सो क्षेत्रमा वर्षाैं देखिन् सानो बजार रहेको, चितवन र विरगंज जान छुट्ने बस स्टेशन धेरै पहिलाबाट चालु रहेकाले सो नेपाल सिमा भित्र रहेको स्पष्ट हुने हुँदा सिमा अतिक्रमण भएमा अन्तराष्ट्रिय कानुन पनि सजिलै आकर्षित हुने हुँदा भार त तर्फबाट सिमा अतिक्रमणका लागि प्रयास नगर्न आग्रह गर्नुहुँदै ने ता गौरवले सो विषयमा आवश्यक परे छिमेकि देश भारतका स्थानिय नेता नितिश कुमारसँग पनि छलफल गर्ने बताउनुहुँदै सो भवन निर्माण नरोक्नुहुन माइति नेपालका कर्मचारी, स्थानिय बासीहरुलाई आग्रह गर्नुभयो । 

साथै सो कार्यलाई सघाउनुहुन स्थानिय सुरक्षाकर्मीलाई पनि आग्रह गर्नुभयो । सो क्रममा सिमा सुरक्षाको लागि कटीवद्ध ठोरीबासी जनसमुदायलाई बधाई दिँदै सिंगो राष्ट्र नै ठोरीका जनताको पक्षमा उभिने वहाँले बताउनुभयो आफूँहरु भारत विरोधि नभएको स्पष्ट पार्नुहुँदै उपाध्यक्ष सिपि गजुरे लले दुवै राष्ट्र पञ्चशीलको सिद्धान्त प्रति कटीवद्ध भएकाले दुवै देशले एक आपसको सीमा क्षेत्रको सम्मान गर्नुपर्ने पनि बताउनुभयो । सो कार्यक्रमको क्रममा नेकपा माओवादी चितवनको तर्फबाट माइति ने पालको भवन निर्माणार्थ रु ५००० जिल्ला सेक्रेटरी गुणराज लोहनिले प्र दान गर्नुभयो । 

सो रकम लिँदै माइति नेपालकी कर्मचारी मिना गिरीले स्थानिय जनताले थोरै थोरै सहयोग गरेर सो भवन निर्माण सुरु गरिएको जानकारी दिनुभयो । विवाद संगै नेपाल सरकारले नै भारतीय पक्षको ठाडो हष्तक्षेप पश्चात सो भवन निर्माण रोक्न निर्देशन दिएको स्थानियबासिहरु बताउँछन् । साथै केही समय अघि सो भवन निर्माण रोक्न स्थानिय सिमा सुर क्षा बल केही दिन तैनाथ पनि भएको र सो को विरोध स्थानिय ठोरी बासिले गरेर प्रतिरोध गरेपश्चात सो फौज त्यहाँ बाट हट्न वाध्य भएको थियो । तर सीमाक्षेत्रबाट निकै भित्र बनाउन लागीएको सो भवन निर्माण रोक्न ने पाल सरकारले नै निर्देशन दिएको बताउँदै स्थानिय बासि निकै आक्रोशित हाल सिमा विवादसँगै निर्मलवस्ति गाविस जोड्ने पुल निर्माणकार्य, सो क्षे त्रका लागि विजुलि बत्ति विस्तार पनि हाल रोकिएको स्थानिय बासी बताउँछन् । 

विवादसँगै पिल्लर गाडि सकिए पनि केहीलाई उक्काएर फालिएको र हाल तार पनि जोड्न नसकिएको स्थानिय बासी बताउँछन् । सो क्रममा को णसभालाई सम्बोधन गर्नहुँदै उपाध्यक्ष गौरभले सरकारले नपुँसकतापन देखाएको र सिमा अतिक्रमण हुँदा सम्म केही नबोल्ने सरकारको पछि नलागि स्थानिय बासी स्वयं सिमा सुरक्षा गर्न अग्रसर रहन आग्रह गर्नुहुँदै ने कपा माओवादी यस कार्यमा साथ दिन सदा तयार रहेको बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com