३२ औ ए एन ए सम्मेलनमा ५० भन्दा ज्यादा खेल टोलि सहभागी हुने I

 भर्जिनिया फाल्गुन ४,

विजय थापा : ३२ औ ए एन ए डिसी सम्मेलनका खेलकूद संयोजक चन्द्र लामाले जानकारी गराए अनुसार यस सम्मेलनमा ५० भन्दा ज्यादा खेल टोलिहरुको सहभागिता रहने कुरामा आफु बिश्वस्त रहेको बताए 

२९ औ ए एन ए सम्मेलनमा सहभागी भएका खेलहरु भन्दा यसपालि थप लन टेनिस र मार्सल आर्ट्स (युद्ध कला ) को प्रदर्शन पनि गरिने योजना रहेको बताए  बिगत झैँ नियमित रुपमा संचालनमा रहेका खेलहरुमा पुरुष भकुण्डो (सकर) तथा महिला भकुण्डो ,बास्केटबल ,पुरुष तथा महिला ,भलीबल ,टेबल टेनिस ,गल्फ तथा लन टेनिस आदि समाबेश गरिने बताएका छन् 

आफु खेल संयोजक भएकोले व्यापक गृहकार्य गरि रहेको बताएका छन्  भर्जिनिया फाल्गुन ४,  २९ औ सम्मेलनमा उनले गरेको मेहनत र सफलताका कारण दर्जनौ खेलमा सात सय भन्दा ज्यादा खेलाडीहरुको सहभागी रहेको बताए  खेलकूद संयोजक चन्द्र लामा ए एन ए सम्मेलनमा बिगत एक दशक भन्दा ज्यादा समय देखि नियमित रुपमा सहभागी रही आएका छन्  सम्भवत ए एन ए को ईतिहासमा लामा दोश्रो पटक पुन :ए एन ए सम्मेलन खेलकूद संयोजक बन्ने अवसर पाएका हुन्  कार्यक्रमलाई सफल बनाउन आफुले कुनै कसर नछोड्ने बताए 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com