शिशिर सिंखडा : पद्मोदय युवा क्लव पटिहानी–३ पदमपोखरीको आयोजनामा हिजो बुधवार
वाट सुरु भएको जिल्ला स्तरीय खुल्ला नकआउट भलिवल प्रतियोगितामा चार
सुमह सेमीफाईनलमा प्रवेश गरेका छन । आज विहीवार ६ वटा खेलहरु भएका
थिए ।
पहिलो चरणको तथा क्वाटर फाईनल खेलहरु सम्पन्न भएको क्लवका
अध्यक्ष रामहरि सेढाईले जानकारी दिनुभयो । महाशिबरात्रीको अवसर पारे
र आयोजना गरिएको सो प्रतियोगितामा जिल्लाका १६ वटा समुहले सहभागिता
जनाएका छन ।
तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले
नगद ३० हजार र द्धितीय हुने टिमले २० हजार रुपैया सहित ट्रफि,मेडल र
प्रमाणपत्र प्राप्त गर्ने छन । सो प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति
चितवन र पटिहानी खेलकुद परिषद प्रर्बद्धक रहेका छन भने प्रायोजक सिंह
बंगुर र्फम प्रालि पटिहानी रहेको छ । सो प्रतियोगिताको फाईनल खेल
भाली शुक्रवार हुने आयोजकले जनाएका छन ।