' आत्मा ज्ञान नै परमात्मा ज्ञान ' I

" शिक्षा जीवनको सर्वोतम उपहार मात्र गुरुबाट सम्भव छ "

विध्या  बिना सम्पति ढुंगा समान हुन्छ । त्यो त् अबश्य नै स्कुल पढदा सबैले कथामा सुन्नु नै भएको । शिक्षाको प्रकाश बिना संसार अन्धकार हुन्छ जसरी गुरुले एउटा शिष्यलाई यसरी दिनु भयो...।

एउटा सन्तको आश्रममा धेरै शिष्यहरू शिक्षा लिन बसेका थिए त्यसै मध्य दिन एउटा शिष्यले सोध्छ गुरुलाई सोध्छ "गुरु शिक्षाको निचोड के हो ? मुस्कुराउदै गुरुले भन्नु हुन्छ हेर बाबु समय आएपछि आफै बुझ्छौ । केहि समय पछि रात हुन्छ र गुरुले उनै शिष्यलाई एक पुस्तक हातमा दिदै भन्नु हुन्छ, बाबु लौ गएर यो पुस्तक मेरो कोठाको खोपामा राखेर आउ त् ।

हवस् भन्दै शिष्य पुस्तक लिएर कोठामा जान्छ र खलखल पसिना हुदै दौडेर तुरुन्तै फर्केर आउछ र डराउदै गुरुको अगाडी कामिरहन्छ ।

गुरुले पुलुक्क अनुहार हेर्दै सोध्नुहुन्छ ! के भयो किन यसरी थर्थर कापी रहेका छौ ,किन यसरी डराएको ? लर्बराउदै लगलग हातखुट्टा काप्दै शिष्य भन्छ गुरु को..को कोठामा सर्प छ । गुरुले भन्नु हुन्छ ,हैन के भनेको तिमीले । कोठामा कहाँ बाट सर्प आउनु ल फेरि जाउ र त् सर्प छैन त्यहा डर लागेमा कुनै मन्त्रको जप गर्नु सर्प भागिहालछ नि । शिष्यले गुरुको कुरा सुनेर फेरी कोठामा बोक लिएर जान्छ र फेरी डराउदै झनै पसिना पसिना हुदै तुफान संग दौडेर हुत्तिदै बाहिर आएर काप्दै भन्छ ..गुरु बुक राख्ने खोपामा त् सर्प बसी रहेको छ ।

शिष्यले वारम्बार त्यही कुरा दोह्राउछ । गुरुले मन्द मुस्कानमा शान्त भावले फेरी भन्नु हुन्छ । कोठामा कहाँ बाट सर्प आउछ र यो तिम्रो भ्रम मात्रै हो हैन भने अब तिमीले एउटा दियो लिएर जाऊ दियोको उज्यालोले सर्प भागिनेछ अनि तिमीले बुक राखी आऊ । गुरुको यस्तो कुरा सुनेर शिष्यले हवस् भन्दै दियोको उज्यालोले गर्दा किताब खोपामा राखेर फर्कन्छ ।

गुरुले हास्दै भन्नु हुन्छ के सर्प भागेछ त् ? खै त् किताब ? के भयो साच्चै ? शिष्यले शिर निहुराउदै भन्छ ।" गुरु त्यहा डोरीको टुक्रा पो रहेछ । मैले त अँध्यारोले गर्दा सर्प देख्दो पो रैछु । ,दियोको उज्यालो प्रकाशले गर्दा बल्ल बुझे ,र देखे कि त्यहा जैनैको डोरी पो रहेछ ।

गुरुले नम्र भएर मन्द हुदै भन्नु भयो हेर बाबु यसैलाई नै भ्रम भनिन्छ । हो आजको संसारमा यस्तै भ्रम जालमा बाधिरहेको छन मानब प्राणीहरु ।,त्यसैले ज्ञानको प्रकाशले नै यस किसिमका भ्रमलाई हटाउन सकिन्छ तर अज्ञानता, अहमता,लोभ ,क्रोध ,अभिमानका कारण हामीले धेरै भ्रम पालिरहेका हुन्छौ, हामी भित्रको आन्तरिक प्रकाशको अभाबमा । यस्तै अन्धकारमा रहेका हामीले भ्रम हटाउन सकिराखेका हुदैनौ ।

यो आन्तरिक ज्ञानको प्रकाश पाउन शिक्षा लिन ज्ञानी महापुरुस र सत्संगबाट मात्र प्राप्त हुन्छ त्यसैले जबसम्म भित्रबाट प्रकाश प्रज्वलित हुदैन, तबसम्म मानिसले यो संसारबाट मुक्ति पाउदैन सक्दैन ..यस्ता शिक्षा प्रमाण सहित दिएर गुरुले शिष्यको आखा खोलिदिनु भयो । बास्तबमै भन्नु पर्दा गुरु महान हुन् जो बाट हामीले जीवनको अमुल्य योगदान पाई सफल र सुन्दर जीवन बिताउन ।

हाम्रो जीवन जन्म देखि मृतु सम्मको बिचमा मात्र काटिने हर दुख शुखको घडीमा पनि सचेत भएर सत्संग गरि शिक्षा बाटै दियोको प्रकाशले दिएको प्रेणा लिदै बाच्न सिकौ ,"जीवन "जन्म र मरण बिचको जुन दुरी तय गर्नु हुन्छ त्यसलाई पनि सहि बाटोमा लिएर हिडौ किन कि मृतु कसैको हातमा हुन्न ।
"ओम् नमो शिवाय "

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com