गजल : By, मानन्धर अभागी



गजल : 

मन्दिरको आँगनीमा दुईहात फिजाउँदै छ 
यसरी नै छाक टार्न गुजारा चलाउँदै छ 

छोरा – बुहारी भिन्दो भए आमा नचाहिने भए 
थाहा भयो आमालाई बुहारीले कजाउँदै छ 

बुढेसकालमा सुखले बाँच्ने ठूलो धोको 
फगतः आमाको सपना आँशुमा बगाउँदै छ 

मर्नेबेला विचरी आमा दोबाटोमा माग्दै रह्यो  
दूधको कर्जा आज छोराले बुझाउँदै छ 

भाग्यले छली रहेछ जन्मे देखि मरुञ्जेल 
जिन्दगी सँग हारेर चिता बनाउँदै छ । 

 मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com