गजल :
मन्दिरको आँगनीमा दुईहात फिजाउँदै छ
यसरी नै छाक टार्न गुजारा चलाउँदै छ
छोरा – बुहारी भिन्दो भए आमा नचाहिने भए
थाहा भयो आमालाई बुहारीले कजाउँदै छ
बुढेसकालमा सुखले बाँच्ने ठूलो धोको
फगतः आमाको सपना आँशुमा बगाउँदै छ
मर्नेबेला विचरी आमा दोबाटोमा माग्दै रह्यो
दूधको कर्जा आज छोराले बुझाउँदै छ
भाग्यले छली रहेछ जन्मे देखि मरुञ्जेल
जिन्दगी सँग हारेर चिता बनाउँदै छ ।
मानन्धर अभागी